खाँस्टेतालको तालवराही मन्दीरको पुनः मर्मत गर्न रकम संकलन जारी

पोखरा १५, माघ/लेखनाथ नगरपालीका वडा नम्वर ४ मा लोपउन्मुख अबस्थामा रहेको खाँस्टेतालमा अबस्थीत जिर्ण अबस्थामा रहेको तालवराही मन्दीरको पुनः मर्मतको लागि रकम संकलन हुने क्रम जारी रहेको छ ।पछिल्लो क्रममा मन्दीर मर्मतको लागि क्रिस सुनचाँदी पसलबाट ५ हजार ५, सिंगापुर पुलिसका पद्म गुरुङबाट ५ हजार ५१, बिजेन सप्लायर्स न्युरोड पोखराका विश्व श्रेष्ठले १ सय ५ स्क्वारफिट मार्वल सहयोग गरेको मन्दीर निमार्णका अर्थ समिति संयोजक राजेश गुरुङले बताए ।

कास्कीको लेखनाथमा रहेको खास्टे तालमा रहेको तालबाराही मन्दिर
कास्कीको लेखनाथमा रहेको खास्टे तालमा रहेको तालबाराही मन्दिर

हालसम्म मन्दीर मर्मतको लागि डेड लाख संकलन भएको पोखरा मनकामना दर्शक पोखरा शाखाका संचालक समेत रहेका संयोजक गुरुङले जनाए । मन्दीर मर्मतको लागि अझै ३ लाख रकम संलन गरीने अभियानमा आफुहरु लागेको गुरुङले बताए ।

कमेन्टहरु
Loading...