चन्द्रश्वर बस्ताकोटी
पोखरा, १५ माघ/उपल्लो मुस्ताङमा गत २ हप्ता देखि संचारसेवा अवरुद्ध भएपछि उपल्लो मुस्ताङवासी समस्यामा परेका छन । माघ पहिलो हप्ता परेको ठुलो हिमपात र उत्तरी हावाका कारण कष्टकर जीवन बिताइरहेका उपल्लो मुस्ताङवासी संचारसेवा अवरुद्ध भएपछि थप समस्यामा परेका हुन । नेपाल टेलिकमको सिडिएमए फोन तथा मोवाइल सेवा संचालनमा रहेको लोमन्थाङ, छोण्हुप, छोसेरका वासीन्दा, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयका कर्मचारी र प्रहरी टेलिफोन सम्पर्क बिहिन बनेका हुन ।
अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङमा रहेको एकमात्र इन्टरनेट सेवा मार्फत कर्मचारी एव स्थानियबासी पेमा गुरुङले “बर्षदिनको जोहो गर्न यतिबेला प्राय मुस्ताङवासी बेसी झरेका छन । बुढाबुढि र काम गर्न नसक्नेहरुमात्र गाउमा रहेको इमेल माफत जानकरी दिइन् । हिमपातले कष्ट त दिएकै थियो, मोवाइलसेवा बन्द भएपछि आफन्तको समेत सन्चोबिसन्चोको स्थिती थाह पाउन सकिएको छैन ।” गुरुङले उपल्लो मुस्ताङका बस्तीमा माइनस १५ डिग्रि सेल्सीयत तापक्रकम पुगेको जानकारी दिइन् । उनले सबै जसो बेसीझरेकाले करिब १ सय बुढाबुढी, केटाकेटि काम गर्न नसक्ने, प्रहरी र कर्मचारी यो बेला ३ गाबिसमा रहेको उनको उल्लेख थियो ।
गत ४ गते देखि चिसोले लोमन्थाङमा रहेको टावरको ब्याट्री लो भएको, हिमपात र हावा हुरीले टावरमा प्रयोग गरिएका सामान बिग्रिएकाले समस्या आएको नेपाल टेलिकम जोमसोमका कार्यालय प्रमुख हुमबहादुर भुजेलले बताए । “यो बेला हिमाली क्षेत्रका टाबरमा समस्या बढि देखिएको छ, हामी सबै निरन्तर फिल्डमै खटिरहेका छौ । यस्तो जाडोमा समेत कर्मचारी खटिएर काम गर्दा पनि सबै ठाउ पुग्न सकिएको छैन ।
लोमन्थाङको टावर बिग्रेको खवर हामीलाई जानकारीमै थियो । नेपाल प्रहरी मार्फत वारम्वार त्यहाबाट स्थानियले समेत खवर पठाईरहेका बताए । उनले हिजोमात्र २ प्राबिधिक कर्मचारी मर्मतका लागी हिडेको बताए । त्यहाको सामानले बन्ने भए बनाएर र्फकन्छन”, कार्यालय प्रमुख भुजेलले भने नभए टावरमा नया सामान थप्नुपर्ने अवस्था आए अझै केहि दिन लाग्ने समेत बताए ।