पर्वतमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता शुरु

एपिएफ र न्यु डायमण्ड एकेडेमी बिजयी
लक्ष्मीप्रसाद सापकोटा
पर्वत १५ माघ/पर्वतमा राष्ट्रिय खुल्ला महिला भलिवल प्रंतियोगिता आजबाट कुस्मामा शुरु भएको छ । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा राष्ट्रिय महिला भलिवल प्रतियोगिता शुरु भएको हो । राष्ट्रिय महिला भलिबलमा बिभागीय टिमहरु शसस्त्र प्रहरीको एपिएफ, नेपाल प्रहरीको नेपाल पुलिस क्लबका साथै काठमाडौंको न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल संघले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा शसस्त्र प्रहरीको एपिएफले नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई तीन शुन्यको सोझो सेटमा हराएको छ । दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चल भलिबल संघको टोलीलाई पनि सोझो सेटमा हराएको छ । लिक कम नक आउट सिस्टममा भएको खेलमा भोली समुह एक को बिजेता शसस्त्र प्रहरीको एपिएफ र समुह बि को उपबिजेता पश्चिमाञ्चल भलिबल संघ र समुह बी को बिजेता न्यु डायमण्ड एकेडेमी र समुह ए को उपबिजेता नेपाल पुलिस क्लबका बिचमा प्रतिष्पर्धा हुनेछ ।

माघ १८ सम्म चल्ने प्रतियोगितामा बिजेताले नगद १ लाख पुरस्कार पाउनेछन भने उप–विजेताले ६० हजार, तेस्रो स्थान प्राप्त गर्नेले ३० हजार तथा सान्त्वना स्थान हासिल गर्नेलाई नगद १० हजार पुरस्कार दिइने छ ।

कमेन्टहरु
Loading...