अर्मलाका बारेमा रविन्द्रले ससदमा कुरा उठाउने

सागर राज तिमिल्सिना
पोखरा, १५ माघ/कास्की जिल्ला अर्मला गाबिस जैमुरे ठुलिबेशीमा गत मंसिर महिनामा अचानक जमीन भासिने,बिभिन्न ठाऊँमा भ्वांग परेर खेती योग्य जमीन,मानब बस्ती र केही घरहरुमा गम्भीर क्षति पुगेको बारेमा सभासद रविन्द्र अधिकारीले ससदमा कुरा उठाउने भएका छन् ।

रविन्द्र अधिकारी
रविन्द्र अधिकारी

अर्मलाका बारेमा कुरा उठाउन ससद सचिवालमा दर्ता गरेको उनको फेसबुकमा लेखेका छन् । उनले सार्बजनिक यातायात, बाटो,खानेपानीमा समेत गम्भीर क्षति भएको भन्दै हिजो जरुरी सार्बजनिक महत्वको प्रस्ताब संसद सचिबालयमा दर्ता गरेका हुन् ।

उनले केही दिनमा संसदमा छलफल हुनेछ र त्यस क्षेत्रमा प्रकोप रोक्न क्षति भएका पुर्बाधारहरुको पुन र्निर्माण गर्न ,क्षति भएका घरको क्षतिपूर्ति र राहत उपलब्ध गराई सो क्षेत्रमा तत्काल र दीर्घकालमा गर्नु पर्ने कार्ययोजना बनाऊन संसदले सरकारलाई निर्देशन दिने बताएका छन् ।

कमेन्टहरु
Loading...