गोल्डेन चौतारीका पुर्व अध्यक्ष बराललाई पितृ शोक

पोखरा १४, माघ/लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीका पुर्व अध्यक्ष चुडामणि बराललाई पितृ शोक परेको छ । बरालका बाबु ८३ बर्षीय लीलाधर बरालको मंगलबार विहान पोखरा छोरेपाटन आफ्नै निवासमा निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।मंगलबार नै पोखराको रामघाटमा लीलाधरको दाहसस्कार समेत गरीएको छ भने उनको पार्थिव शरीरमा उनका छोरा ईन्द्रप्रसाद, त्रिलोचन, नरहरी, चुडामणि, तोयनाथ र भवन बरालले संयुक्त रुपमा दागवक्ति दिएका हुन।

कास्कीको पुम्दी भुम्दी–६ कालाभाङमा जन्मेका लीलाधरका एक श्रीमती, ६ जना छोरा, २ छोरी, १४ नाति, ६ नातिनी, २ पनाति, एक पनातिनी रहेका छन । कर्मशिल मेहनती रहेका उनीले भविश्यवाणी समेत गर्ने गरेका थिए । लीलाधरले जडीवुटिको घरेलु औषोधि उपचार गर्ने गरेको स्थानीयले बताए ।

कमेन्टहरु
Loading...