माओवादीको निर्णय: सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कूटनीतिक पहल

नेकपा(माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो ।

कोरोना नियन्त्रणको लागि माओवादी केन्द्रको स्थायी समितिले पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव अनुसार अक्सिजन आपूर्तिलाई सहज गर्न यस खालको प्रयास गर्न लागिएको हो ।

सो पार्टीको यही जेठ ५ र ६ गते स्थायी समितिको बैठक बसेको थियो । आइतबार स्थायी समितिले पारित गरेको कार्ययोजनामाथि केन्द्रीय समितिमा समेत छलफल गरिएको थियो ।

त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ । यसका साथै पिपिई देश भित्रै उत्पादनको सम्भावनाका उचित विकल्पको खोजी तथा त्यसका लागि पहल गरिने उक्त प्रस्तावमा उल्लेख छ ।

कमेन्टहरु
Loading...