काठमाडौं । नेकपा एमाले भित्र विवाद बढिरहेका बेला माधव नेपाल समुहका विद्यार्थी नेताहरुले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।
निर्वाचन आयोगमा अनेरास्वबीयुका पूर्व नेता जीवन राई अध्यक्ष रहेको नेकपा एकिकृत नयाँ दल दर्ताको निवेदन परेको हो ।
वैशाख ७ गते दल दर्ताको निवेदन दिइएको थियो । दलको चुनाव चिन्ह कलम राखिएको छ ।