आज देशभर ८८४८ जना संक्रमित निको भए

पोखरा ।

पछिल्लो २४ घण्टामा नेपालभर ८ हजार ८ सय ४८ जना संक्रमित निको भएका छन् ।

त्यस्तै सोही अवधिमा भने ८ हजार ५ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि पछिल्लो २४ घण्टामा १ सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार १ सय ५३ रहेको छ ।

कमेन्टहरु
Loading...