कास्कीमा आज थप ३८३ जनामा संक्रमण, ९ जनाको मृत्यु

गन्थन डेस्क । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । कास्कीमा अहिले ३ हजार ५ सय ७९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
त्यसैगरि कास्कीमा थप ९ जनाका संक्रमणबाट ज्यान गएको छ । यससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या २ सय ३६ पुगेको छ ।

संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरण

कमेन्टहरु
Loading...