फोहोर बोक्ने गाडी पल्टिदा चालककै ज्यान गयो

गोकुल बानियाँ
पोखरा १४ माघ । पोखरा उपमहानगरपालिकाको फोहोर बोक्ने गाडी दुर्घटना हुदा आज एक जनाको ज्यान गएको छ । ग १ ग १२२ नम्बरको गाडी दुर्घटनामा कास्कीको घन्द्रुक १ घर भएका चालक २२ बर्षिय प्रकाश नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । नगर क्षेत्रमा संकलित फोहोर ल्याण्डफिल्ड साईड तर्फ लैजादै गर्दा बिहान साढे ७ बजे पोखरा १८–बाच्छेबुडुवामा दुर्घटनामा परेको थियो ।

सडकबाट करिब १५ फिट तल पल्टिएको गाडीले च्यापेर चालक नेपालीको ज्यान घटनास्थलमै गएको प्रहरी निरिक्षक रबिन्द्र गुरुङले जानकारी दिए । दुर्घटनामा गाडीका सहचालक २४ बर्षिय सुलिल तामाङ गम्भिर घाईते भएका छन् । उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ । मृतकको शब पोष्टमार्टको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

कमेन्टहरु
Loading...