भरतपुर महानगरद्वारा निशुल्क एम्बुलेन्स, शवबाहन र अन्त्येष्टिका लागि आर्थिक सहयोगको घोषणा

पोखरा ।

भरतपुर महानगरपालिकाले कोभिड बिरामीलाई घरबाट अस्पताल र अस्पतालबाट घर लैजानका लागि निशुल्क एम्बुलेन्स सेवा संचालनको घोषणा गरेको छ ।

साथै कोभिडका कारण बिरामीको मृत्यु हुन गएमा निशुल्क शवबाहन तथा अन्त्येष्टिका खर्च स्वरुप रु ३ हजार आर्थिक सहयोग गरिने समेत महानगरले एक सूचना मार्फत घोषणा गरेको छ ।

महानगरले यसअघि नै कोभिडका कारण मृत्यु हुनेहरुको अन्त्येष्टिका लागि एक्साभेटर निशुल्करुपमा उपलब्ध गराउँदै आएको थियो ।

कमेन्टहरु
Loading...