गोल वर्षाउँदै गार्डेन क्वाटरफाइनलमा

पौष १४,पोखरा/गोलको वर्षात गर्दै गार्डेन एफसी, फुलबारी पोखरा रंगशालामा जारी स्व. बलराम केसी स्मृती रेडबुल कास्की लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ग्रुप सी मा रहेको गार्डेनले शनिबार शितलज्यातीलाई आधा दर्जन गोल हान्यो ।

गार्डेनको तर्फबाट बिवेक अधिकारी र खेम गुरुङ्गले दुई दुई गोल गरे भने विशाल गुरुङ्ग र विश्व गुरुङ्गले एक एक गोल गरे । गाडर्नेनले १० अंक सहित समुहमा शिर्षस्थानमा छ । शनिबार नै भएको ग्रुप वि को खेलमा सहारा र डेभिडफलले गोल रहित बराबरि खेल्दै समान एक एक अंक बटुले । यो संगै दुई खेल खेलेका दुबै समूहले समान चार चार अंक बनाएका छन् । समूह डि को विष्णुपादुका हेम्जाले भने स्तरिय खेल पस्किदै अम्मरसिंह ब्वाइज क्लवमाथि ३–२ गोलको रोचक जित निकाल्यो । हेम्जाको जितमा दिवश अधिकारी, चन्द्रबहादुर थापा र विकास कुँवरले एक एक गोल गरे ।

एविसीको तर्फबाट शैलेश थापा र विजय गुरुङ्गले एक एक गोल गरेका थिए । तीन खेल खेलेको हेम्जाको यो दोश्रो जित हो । उसले एक खेल बराबरी खेलेको छ । यता गु्रप ए अन्तर्गत ड्याम्साइड र नवआदर्श विचको खेलमा ड्याम्साइड ३–२ गोलले विजयी भएको छ । ड्यामसाइडको जितमा चक्र धिमाल, चुर्मदी चौधरी र गंभिर परियारले गोल गरेका थिए भने नवआदर्शको तर्फबाट विनोद बानियाँले दुई गोल गरे । ड्यामले दुई खेलमा एक जित तथा एक हार सहित ४ अंक बनाएको छ ।

 
कमेन्टहरु
Loading...