सेती नदी किनारामा नाग देखिए पछि……………

सागर राज तिमिल्सिना
पोखरा, १३ माघ/कास्कीको लामाचौरको सेती नदि किनारमा स्थानीयका अनुसार नाग देखिए पछि हेर्नेको घुइचो लागेको छ । एक साता भन्दा बढि देखि सेति नदिको किनारमा देखिएको नाग नै भएको भन्दै दैनिक मानिसहरुको भिड लाग्न थालेको छ ।

सेती नदी किनारामा नाग देखिए पछि
सेती नदी किनारामा नाग देखिए पछि

नदि किनारमा ट्रकमा ढुङ्गा, बालुवा राख्ने क्रममा ट्रक चालकले देखे पछि एक कान दुई कान मैदान भए पछि मानिसको भिड् बढेको हो । नदि किनारको ढुङ्गाको कापमा रहेको नाग केहि भाग देखिएको छ । शुरुका दिनमा बाहिर नै देखिए पनि मानिसको भिड् बढ्दै जादा ढुङ्गाको कापमा गएको स्थानीय नवआर्दश क्लबका अध्यक्ष बुद्धि खत्रिले जानकारी दिए । दिनहु जसो नाग लागेको भन्दै कति पयकाम्दै त्याहा पुग्ने गरेका छन् ।

सेती नदी किनारामा नाग देखिए पछि
सेती नदी किनारामा नाग देखिए पछि
कमेन्टहरु
Loading...