यसरी समातीयो दुर्घटना गराई फरार हुने गाडी र चालक

सागर राज तिमिल्सिना
पोखरा, १३ माघ/दुर्घटना गरि फरार भएको एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माघ १० गते लेखनाथ ७ को तालचोकका सुर्यमणी लामिछानेलाई ठक्कर दिएर फरार भएको ग १ च ८९०२ नम्बरको नीजि होण्डा सिटि कारलाई प्रहरीले लुकाएर राखेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको हो ।

कारको ठक्करबाट घाईते भएका लामिछानेलाई उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । रातीको समय भएकोले ठक्कर दिएर कार भाग्न सफल भएको थियो । प्रहरीले ठक्कर दिएर भागेको सवारी साधनलाई सवारी धनी नवराज ढकालको घरमा लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिए ।

लेखनाथमा दुर्घटना पछि फरार कार
लेखनाथमा दुर्घटना पछि फरार कार

प्रहरीले चालकलाई पनि नियन्त्रणमा लिएको छ । माघ १० गते राती कारले गाडी पाल्पा दर्लामडाँडा ५ घर भै लेकसाईड बस्दै आएका तुलाबहादुर आलेले चलाएको अनुसन्धानबाट खुल्न आएकोले प्रहरीले उनैलाई नियन्त्रणमा लिएको हो ।

लुकिङ्ग ग्लासले समातीय चालक र सवारी साधन

माघ १० गते राती साढे आठ बजे तिर पोखराबाट लेखनाथ तिर जादै गरेको निजी कारले डाडाँको नाकमा लामिछानेलाई ठक्कर दिइ भागे पछि प्रहरीको टाउको दुघाइ शुरु भएको थियो । दुर्घटनको भोली पल्ट शनिवार लेखनाथमा राजमार्ग बन्द भयो । राजमार्ग बन्द पछि प्रहरीेले लामिछानेका आफन्तलाई दुर्घटना गराउने समात्ने बताए पछि बाटो खुल्यो । प्रहरीले दुर्घटना स्थलबाट कारको लुकीङ्ग ग्लास भेटाए पछि लुकिङ्ग ग्लासको पछि लाग्दै जादा कार सम्म पुगेको कास्की प्रहरी प्रमुख लामाले बताए ।

किन भयो दुर्घटना

कार धनी नवराज ढकालको मणिपाल अस्पतालमा श्रीमती सात महिनामा नै सुत्केरी भए पछि अस्पतालमै बस्नु पर्ने भएपछि ढकालका घर जग्गा व्यापारी साथी तुलाबहादुर आलेले घरमा राती बस्नका लागी कपडा लिन लेखनाथ जादै थिए । त्यही क्रममा डाडाँको नाकमा जादा विपक्ष तर्फबाट आएको सवारीको लाइटले केहि नदेखे पछि दुर्घटना भएको आलेले बताए । त्यस पछि दुर्घटना भए पछि आलेले ढकालको घरमा कार राखेर चुप्पचाप बसेको बताए । दुर्घटनामा परि मृत्यु हुने लामीछाने पोखरामा रहेको सत्य साइ विद्यालयका शिक्षक हुन् ।

कमेन्टहरु
Loading...