पोखरा । पोखरा विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान संकायको डिनमा डा अमर नागिला नियुक्त भएका छन् ।
सोमबार बसेको पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चार वर्षे कार्यकालका लागि डा नागिलालाई डिन नियुक्त गरेको हो ।
डा नागिला पोखरा विशवाविद्यालयमा प्रध्यापन गराउँदै आएका थिए ।
थाइल्यान्डको मोइदल युनिभर्सिटीबाट मेडिकल बायोकेमेस्ट्री तथा मोलिकुलर बायोलोजीमा विद्यावारिधि गरेका प्रयोगशालाविद् डा. नागिला गण्डकी प्रदेशको एक मात्र ‘क श्रेणीको प्रयोगशाला, लाइफ केयर डाइग्नोस्टिक’का सञ्चालक समेत हुन् ।