कास्की लिगमा लेकसाइड क्लब नकआउट चरणमा प्रवेश, अर्को खेलमा एबीसी विजयी

पोखरा, १३ माघ। लेकसाइड क्लब पोखरामा सञ्चालित बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। अर्को खेलमा भने एबीसी विजयी भएको छ। कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा पोखरा र·शालामा सोमबार भएको लिगचरणको आÇनो अन्तिम खेलमा इन्द्रेणी क्लब टुँडिखेललाई ३–१ ले पराजित गर्दै लेकसाइडले नकआउट चरणमा स्थान बनाएको हो।

लेकसाइडको लागि अनिल विक, सञ्जय लामा र सचिन गुरुङले एक–एक गोल गरेका थिए। इन्द्रेणीको तर्फबाट तेस्रो खेलमा मिलन गुरुङले सान्तवना गोल गरे। चार खेलमा १० अड्ढ जोडेको लेकसाइड समूह डी को शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको पोखरा भ्याली स्पोर्टस् क्लब सात अड्ढसहित दोस्रो स्थानमा छ भने छ अड्ढसहित एबीसी तेस्रो स्थानमा छ। अब माघ १५ गते हुने एबीसी र पोखरा भ्यालीबीचको खेलले समूह डी बाट नकआउट चरणमा प्रवेश गर्ने एक टीमको टु·ो लाग्नेछ।

यसअघि लगातार दुई खेल हारिसकेको इन्द्रेणी भने एक खेलअगावै लिगचरणबाट बाहिरिएको छ। अन्तिम खेलमा पोखरा भ्यालीले एबीसीविरुद्ध बराबरी गरेमात्रै पनि नकआउटचरणमा प्रवेशको लागि बाटो पर्याप्त हुनेछ। सो खेलमा लेकसाइका प्रकाश भण्डारी र इन्द्रेणीका सूर्य पुनले एलोकार्ड खाएका छन्। दोस्रो खेलमा एबीसीले नयाँगाउँ युथ क्लबलाई २–० ले निराश पा¥यो। एबीसीको जीतमा विरु थापा र इश्वर थापामगरले एक–एक गोल गरे। जीतपछि एबीसीको तीन खेलमा छ अड्ढ पुगेको छ। नकआउट चरणमा प्रवेश पाउन अन्तिम खेलमा पोखरा भ्यालीलाई जित्नैपर्ने हुन्छ। लगातारको तेस्रो हारसहित नयाँगाउँ पनि एक खेलअगावै लिगचरणबाट बाहिरिएको छ।

कमेन्टहरु
Loading...