पोखराका अस्पतालहरुमा बेड अभाव

  • सौगात पोखरेल

बिहान ओछ्यानमा नै थिए । एकजना साथीको फोन आयो । उनका दुई आफन्त कोरोना संक्रमित रहेछन् । स्वास्थ्यमा देखिएपछि अस्पताल बेडमा उनले बेड खोजिदियोस भनेर फोन गरेका रहेछन् । उनीसँगको संबादपछि मैले पोखराका सरकारी अस्पतालहरुमा फोन गरेँ । सरुवा रोग संक्रामक अस्पताल र गण्डकी अस्पतालमा संक्रमित भरिभराउ भएको र बेड नभएको खवर आयो ।
मध्यम परिवारका संक्रमितहरुको लागि ठुला निजि अस्पतालमा उपचार गराउनु सपनाको कुरा जस्तो छ । त्यसपछि पोखराका केहि साना अस्पताल र दुई मेडिकल कजेलमा फोन गरेँ । मेडिकल कजेलमध्येको एक गण्डकी मेडिकल कलेजमा सिमित सिट खाली रहेको भनि जानकारी आयो । उहाँहरुले दुई बेड मिलाउन सकिने भन्नु भयो ।
पोखरामा बेडको समस्या मेरो साथीका लागि मात्र होईन । धेरैको समस्या बनेको छ । तर बेड बिस्तारका लागि सरकारी तयारी भने शुन्य नै छ । पोखरा महानगरपािलकाले पुरानो लेखनाथ नगरपालिकाको भवनलाई ५० बेडको आइसोलेसन बेड बनाउने तयारी त थालेको छ । तर त्यो बन्न अझै केहि समय लाग्ने देखिन्छ । अक्सिजन समस्याका समाचारहरुले प्राथामिकता पाईरहँदा पोखरामा भने संक्रमितको उपचारका लागि फोन गर्दागर्दै ज्यान गुमाउन पर्ने अवस्था छ ।
यो समस्या मध्यम आर्थिक अवस्था भएकाहरुको लागि मात्र पनि होईन । आर्थिक अवस्था राम्रो हुँदाहुँदै पनि अस्पतालको बेड नपाएर बस्नुपर्ने बाध्यता आज पोखरामा छ । संक्रमितको संख्या यहि स्तरमा बढ्दै जाने र थप आइसोलेसन बेडहरुको बिस्तार नहुने हो भने अवस्था जटिल बनेर जाने देखिन्छ । स्वास्थ्यमा जटिल समस्या भएकाहरु मात्र अस्पताल भर्ना हुँदा यो संकट देखिएको छ । संक्रमित बढेसँगै जटिल समस्या भएको संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
पोखराका कोभिड डेडिकेटेट अस्पतालमा सिट सोध्नकै लागि मात्र तारन्तार फोन आईरहन्छ । तर अस्पतालहरुको क्षमताअनुसार बिरामीहरु भरिभराउ छ । अस्पताल भर्ना भईसकेपछि आउने समस्याहरु अलग होलान तर अस्पतालमा बेड नै पाउन नसक्ने अवस्थाको सिर्जना हुनु दुखत कुरा हो ।
त्यसैले यहाँको प्रदेश सरकार र स्थानिय सरकारले नयाँ आइसोलेसन बेडको बिस्तारमा बिशेष जोड दिनुपर्ने अवस्था छ । अन्यथा अस्पतालसम्म नै नपुगिकन संक्रमितहरुले ज्यान गुमाउन पर्ने अवस्था आउन पनि सक्छ । त्यसैले उक्त समस्यातर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।

कमेन्टहरु
Loading...