पोखरामा नेपालकै ठूलो गजल संग्रह कैफियतको परिचर्चा

पोखरा १२ माघ/पोखरामा नेपालमै ठूलो मानिएको संयुक्तगजल संग्रह कैफियतको परिचर्चा भएको छ । गजलको विकास र उत्थानमा काम गर्दै आएको गजल सन्धापोखराले शब्दघर प्रकाशन गृहले प्रकाशन गरेको कैफियतको परिचर्चा गरेको हो । संग्रहमाथि काठमाण्डुदेखि आएको गजलकारहरुको एक टोली र पोखरेलीगजलकार एकै थलोमा बसेर परिचर्चा गरेका छन् । गजलकार ज्ञानुवाकर पौडेलले अहिले नेपालीगजलले निकै फड्को मारेको वताउँदै अव कसैले पनि नेपालीगजललाई विस्थापितगर्न नसक्ने दाबी गरे । हिजो सााघुरो वाटोमा हिडेको नेपालीगजलको वाटो आज फराकिलो भएको पौडेलको भनाई छ । नेपाली साहित्यमागजलले ठूलो क्षेत्रफलओगट्न सफलभएको पौडेलले वताए । नेपालकाविभिन्न ठाउँवाट प्राप्त गजलहरुवाट छानिएका २० गजलकारका ४ सय गजल समाबेशभएको गजल संग्रह कैफियतमाथिगजलकार फडिन्द्र अकिञ्चन, मन क्षेत्री र मदन भण्डारीले परिचर्चा गरेकाथिए ।

नेपालीगजल क्षेत्रमापछिल्लो समय निकै चर्चामा रहेको कैफियतगजल संग्रहमा समेटिएका गजलमाभएकाकेहीत्रुटी र यसकाविषयमाभएका हल्लावाट माथि उठेर हेर्ने हो भने संग्रहलाईनमुनागजल संग्रहकोरुपमामान्नलायकभएको परिचर्चाकारहरुले प्रस्तुत गरे । ब्यकरणीय हिसावले केहीगजलकमजोर देखिएपनिगजलले समेटेको तथावोल्न खोजेको पक्ष जटिल र गहनभएको उनीहरले ब्यक्त गरे । संग्रहमा सामाजिक घटनाक्रम, मानविय संवेदना, जिवनकाआरोह–अवरोह, देशप्रेम देखि मायाप्रेम सम्मकाविषयलाई गजलकारहरुले समेट्न सकेका छन् ।
यो गजल संग्रह नेपालको प्रतिनिधिगजल संग्रहनभएर यो एउटा अभियानमुलक संयुक्तगजल संग्रहहो ।

गजल छनौट समितीका एक सदस्यगजलकार बावु त्रिपाठीले भने–हामीले सबैलाई समेट्न सकेनौं होला तर जति समेटिए यसलाई उत्कृष्ठ बनाउने प्रयास गरेका छौं । कामगर्ने वाटै गल्तीहुने वताउँदै भएकागल्तीलाई सच्चाएर अवकादिनकायसलाई उत्कृष्ठ वनाउने त्रिपाठीको भनाई थियो । शब्दघरका संञ्चालकप्रोल्लास सिन्धुलियले आख्यान र कविताहरुलाई मात्रै प्रकाशनगर्दै आइरहेको अवस्थामागजल संग्रहप्रकाशित गरी नयाँ सुरुवात गरेको वताए । गजल सन्ध्यापोखराका सल्लाहाकार दिपक समिपतथा लक्ष्मण थापाले नेपालीगजलको क्षेत्रमा काम म भन्दाचर्चा र हल्ला धेरै हुननहुने भन्दै कैफियतकामगर्नेहरुले यो क्षेत्रलाई दिएको उपहार भएको वताए ।

पुस्तकमाथिचर्चा परिचर्चा तथाभएका त्रुटि र राम्रापक्षलाई केलाएर नेपालीगजललाई सही वाटोमा हिडाउनका लागी यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले कार्यक्रमको आयोजना गरेको सन्ध्याकाअध्यक्षउदिपराप ढुङ्गानाले वताए । हल्लाको पछाडी लाग्नु भन्दाकामगर्न सके कामले नै इतिहास बनाउने ढुङ्गानाको भनाई थियो । कार्यक्रममा संग्रहभित्रकादुई स्रष्टा नविनचिराग र बिपिनतुफान र सलामीलेआफ्नागजल सुनाएर पोखरेलीगजलकारहरुलाई तताएकाथिए । गजल सन्ध्याको नियमीतगजलवाचनपनि सँगै भएको कार्यक्रममा साँझ सम्मै काठमाण्डु तथापोखराकागजलकारहरुले गजलवाचन गरेकाथिए । कार्यक्रममागजलकार पुरु लम्साल,डाक्टर बसन्तगौतम, आवाजशर्मा, किसान, प्रतिक्षापोख्रेल लगायतले गजलवाचन गरेकाथिए ।

कमेन्टहरु
Loading...