माघ १९ भित्र प्रधानमन्त्रीको नाम दिन राष्ट्रपतिको आब्ह्वान

काठमाडौ, १२ माघ/राष्ट्रपति डाक्टर रामवरण यादवले एकसाताभित्र सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुलाई आब्ह्वान गरेका छन् । संसद अधिवेशनको सुरु भएको पहिलो दिन नै राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को उपधारा १ अनुसार माघ १९ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा सरकार गठन गर्न आश्वान गर्नु भएको हो ।ram_Baranमंसीर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न भई संविधानसभा र संसदको बैठक सुरु भभइसकेकाले राजनीतिक सहमतिका आधारमा नवनिर्वाचित संविधान सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको सरकार अविलम्ब गठन गर्न वान्छनीय भएकाले राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागिसंसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आब्ह्वान गर्नु भएको राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिलो पटक दिएको समयमा दलहरुबीच सहमति नभए एक पटक समय थप्ने प्रचलन छ । उक्त समयमा पनि दलहरुबीच सहमति नभए संविधानको धारा ३८ को २ अनुसार बहुमतीय सरकार गठनका लागि आब्ह्वान हुनेछ ।

कमेन्टहरु
Loading...