अनावश्यकरुपमा अक्सिजन सिलिन्डर नराख्न आग्रह, राखिएमा कारबाही हुने

पोखरा ।

आफ्नो घर छिमेकमा अनावश्यकरुपमा अक्सिजन सिलिन्डर ल्याउने र भण्डारण नगर्न स्वास्थ्य निर्देशनालय गण्डकीले आग्रह गरेको छ । त्यस्तो गरेमा आवश्यक कारबाही हुने समेत निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

साथै अनावश्यकरुपमा भण्डारण गरेको देखेमा नजिकको प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय तथा १०९२ र १०० मा खबर गरिदिन निर्देशनालयले सूचनामार्फत नगरवासीमा अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...