काठमाडौं, १२ माघ /व्यवस्थापिका संसदको पहिलो अधिवेशन आइतबारदेखि सुरु भएको छ । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा सुरु भएको अधिवेशनमा बोल्दै मुख्य दलका नेताहरुले आफ्नै अडान दोहा¥याएका थिए । विशेष गरी बैठकमा पहिलो संविधानसभाको स्वामित्व लिने र नलिने विषयमा दलहरुको आ–आफ्नै अडान रहेको थियो । कांग्रेस, एमाले, एमाओवादीलगायतका केहि दलहका नेताहरु स्वामित्व लिने विषयमा सकारात्मक रहेका थिए भने दोश्रोे संविधानसभाको निर्वाचनबाट चौथो शक्तिको रुपमा उदाएको राप्रपा नेपाल त्यसको विपक्षमा उभिएको थियो ।
बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले यसअघि भएका सम्पूर्र्ण सहमतिहरुको स्मंरण गर्दै पहिलो संबिधानसभाले गरेका सहमतिको स्वामितव यो संसदले पनि लिनु पर्ने बताएका थिए । उनले भनेका थिए, ‘हिजोको सहमति कार्यान्वयन भएन भने भोली के हुने हो त्यो कुराको स्मरण गर्न जरुरी छ ।’ प्रचण्डले आफ्नो ध्यान सरकारमा हैन संबिधानका सभामा हुने बताए । उनले ६ महिनामा संबिधानको मस्यौदा एक बर्ष भित्र संबिधान जारी गर्नु पर्ने कुरामा जोड दिए ।
त्यसलगत्तै सम्बोधन गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रचण्डलाई लक्षित गर्दै कुनै पनि हालतमा पहिलेको सहमतिलाई कार्यान्वयन गर्न नसकिने जिकिर गरेका थिए । आक्रमक रुपमा प्रस्तुत भएका थापाले अन्य राजनीतिक दलका नेताले पहिलो संविधानसभामा गरेको सहमतिलाई अस्वीकार गर्ने बताउँदै संबिधानसभामा धर्म निरपेक्षता र गणतन्त्रका विषयमा राष्ट्रघाती सहमति भएको दाबी गर्दै त्यसलाई फेरी लाद्ने कोशिस गरिए महाभारतको युद्ध पूनरावृति हुने चेतावनी समेत दिए । उनले एक वर्र्षभित्र संविधान निर्र्माण गर्न फास्ट ट्रयाक बनाउनुपर्ने उल्लेख गर्दै एक वर्र्षभित्र संविधान निर्माण गर्न राप्रपा नेपालले रचनात्मक भूमिका खेल्ने बताए । उनले भने सोह्र हजारभन्दा बढी नेपाली मर्ने मराउने काम, गरिबको कर, एक सय अर्ब, सात वर्र्षको समय खेर फालेर पनि संविधान बनाउन नसकेका दलहरु प्रति तीतो पोखेका थिए ।
यसअघि सूर्यबहादुर थापाले बैठकको अध्यक्षता गर्दै राष्ट्रपतिले गरेको अधिवेशन आब्ह्वानसम्बन्धी सूचना पढेर सुनाएपछि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संसदमा ४ मिनेट संक्षिप्त लिखित मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष रेग्मीको सम्बोधनपछि कांग्रेस सभापति शुशील कोइरालासँगै एमाले अध्यक्ष झलनाथ खनालले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा कांग्रेस सभापति र कोइराला र खनालले सबै मिल्नुको विकल्प नभएको भन्दै एक वर्र्षभित्रै संविधान बनाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले मुलुकको समस्या समाधान गर्न र १ वर्र्षभित्र संविधान जारी गर्न सबै बीच सहमति सहकार्य, एकता र मेलमिलापको बाटो बाटै अघि बढ्नु पर्नेमा जोड दिएका थिए । साथै संबिधानसभाको छिटो सबै दलहरु बसेर छलफल गरेर नयाँ सरकार बनाउनु अनिवार्य भएको भन्दै छलफल गर्नु पर्ने बताएका थिए ।