राजु गिरी ।
परिवर्तन नेपाल नामक संस्थाले भोली (आइतबार) निशुल्क स्वाब संकलन गर्ने भएको छ । संस्थाले पोखरा महानगरपालिका वडा नं. १८ को स्वास्थ्य चौकी र वडा नं. २४ को वडा कार्यालय कास्कीकोटमा निशुल्क स्वाब संकलन तथा स्वास्थ्य परिक्षण गर्ने भएको हो ।
माथीका दुई स्थान वरपर कोही कसैलाई स्वास्थ्यमा समस्या छ र कोभिडको शंका लागेको छ भने निशुल्क शिविरको फाइदा लिनहुन क्लवका अध्यक्ष ढाका कुमार श्रेष्ठले बताए ।
सामाजिक कार्य गर्नका लागि स्थापना भएको संस्थाले यो पटक कोभिडलाई मध्यनजर गर्दै कार्य अगाडी बढाएको संस्थाका सहसचिव अभिमन्यु पाण्डेले बताए । पाण्डेका अनुसार भोली बिहान ११ बजेबाट निशुल्क स्वाब तथा स्वास्थ्य परिक्षण हुनेछ ।