लायन्स क्लब अफ भद्रकालीद्वारा आँखा शिविर

पोखरा, १३ माघ ः लायन्स क्लब अफ पोखरा भद्रकालीको आयोजनामा पर्वतको देउपुरमा वृहत निशुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लबको अन्तरष्ट्रिय कार्यक्रम अन्त्र्गतन बर्षैपिच्छे आँखा शिविर गर्दै आएको र आगामी वर्ष पनि निरन्तरता दिइने क्लबका अध्यक्ष दीपकराज तिवारीले बताए । सो अवसरमा देउपुर र आसपासका बासिन्दागरी एक सय ९९ बिरामीले आँखा जचाएका थिए ।सो अवसरमा बिरामीहरुलाई औषधि, चस्मा समेत निशुल्क वितरण गरिएको थियो । जचाएकामध्ये १४ जनामा मोतियाबिन्दु रहेको र उनीहरुलाई हिमालय आँखा अस्पताल पोखरामा ल्याएर मोतिया बिन्दुको निशुल्क शल्यक्रिया गराइने अध्यक्ष तिवारीले जानकारी दिए । बिरामीहरुको आउने जाने खर्च क्लबले ने बेहोर्ने छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कालिबहादुर रावतको संयोजनमा तीन जनाको टोली खटिएको थियो ।

क्लबका अध्यक्ष दीपकराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक क्लबकै सदस्य रामप्रसाद शर्मालगायतले शिविरको महत्वका बारेमा बोलेका थिए । क्लबका निवर्तमान अध्यक्ष बुद्धिराज बराल, सचिव नरेश नेपाल, गोकुल शर्मा कार्यक्रममा सहभागी भएका थिए । क्लबले यसअघि पनि देउपुरमै न्युन आय भएकाहरुलाई बाख्रा वितरण समेत गरेको थियो । क्लबले यो वर्ष मात्रै इन्द्रराज्य लक्ष्मी उमाविमा वृक्षरोपण, सिद्ध उच्च माविमा यौन शिक्षा, कास्कीको बिरेठाँटीमा बाख्रा पैंचो, पोखरा युनाइटेड स्कुलमा पिस पोस्टर प्रतियोगिता, हरिहर गुफा सन्यास आश्रममा सोलार जडानको काम सम्पन्न गरिसकेको छ ।

कमेन्टहरु
Loading...