भलाम डाँडाखोर सहकारीको र्सार्वजनिक सुनुवाई

पोखरा, १८ पौष/भलाम डाँडाखोर सहकारी सँस्था लिमिटेडले कृषि विकास मन्त्रालय अर्न्तर्गत व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट तथा विश्व बैंकको सहयोगमा सञ्चालित आर्थिक स्वाबलम्बन कृषि अभियान कार्यक्रमका बारेमा भलाम गाविसमा र्सार्वजनिक सुनुवाई भएको हो । ताजा मौसमी तथा बेमौसमी तरकारीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि तथा औषत तरकारी बेचबिखनमा कृषकहरुको सम्लग्नतामा वृद्धि हुने उद्देश्यले कार्यक्रमको सुरुवात गरिएको हो ।

र्सार्वजनिक सुनुवाई कार्यक्रममा सहकारीका व्यवस्थापक उत्तमबहादुर बस्नेतले कार्यपत्र प्रस्तुत गर्दै प्याक्ट र दर्ुइ वषिर्य कार्यक्रम अर्न्तर्गत सञ्चालित कार्यक्रमको बारेमा जानकारी गराउँदै प्याक्टले २१ लाख ५७ हजार ९ सय ३८ रुपैया अनुदान दिएको जानकारी दिए ।

पश्चिमाञ्चलकै नमुना सहकारीको रुपमा रहेको सहकारीको हाल शेयर पुँजी ४७ लाख ७ सय, लगानी ४ करोड ६१ ल्ाख, जगडा कोष ३६ लाख, बचत १ करोड ५५ लाख रहेको छ भने सुपथ मुल्य अर्न्तर्गतको सुपथ पसल पनि सञ्चालनमा रहेको छ ।

कमेन्टहरु
Loading...