पार्दी दोजाङ्गलाई सहयोग

माघ १२, पोखरा/कास्की जिल्ला तेक्वान्दो संघ मातहतको पार्दी तेक्वान्दो दोजाङ्गलाई कोरियाको एक संस्थाले भौतिक सामग्री सहयोग प्रदान गरेको छ । कोरियको डाजियन यनिभर्सिटी डिन प्रो डा योन जु यिनले दोजाङ्गको प्रशिक्षणस्थल लेकसाइडमो मितेरीपार्कमा एक समारोहका विच उक्त सहयोग दोजाङ्ग प्रमुख प्रितम कुँवरलाई हस्तान्तरण गरेका हुन् ।नियमित प्रशिक्षमा आउने विद्यार्थीहरुलाई तेक्वान्दो गि १० थान, चेष्ट प्याड १ जोड, ह्याण्ड प्याड एक जोड, सेफ्टि गार्ड २ थान, लेग प्याड एक सेट लगाएतका सामग्री प्राप्त भएको कुँवरले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वाराही क्लवका अध्यक्ष धरमसिंह लामिछाने, नेपाली काँग्रेस वडा इकाइ अध्यक्ष वडा न ६ का दिपकविर कुँवर, कास्की जिल्ला तेक्वान्दो संघका सदस्य राजन पौडेल, प्रशिक्षक बलराम लामा लगाएतले खेलकुद मानव जिवनका लागि महत्वपूर्ण पाटो भएको उल्लेख गरे । यसैविच शनिवार विहान दोजाङ्गले पार्क हातामा सहसफाइ पनि गरेको थियो ।

कमेन्टहरु
Loading...