पृथ्वीसुब्बा गुरुङले खाए गण्डकी मुख्यमन्त्रीको सपथ

पोखरा ।

नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि सपथ खाएका छन् ।

प्रदेश प्रमुख सिता कुमारी पौडेलले गुरुङलाई सपथ खुवाएकी हुन् ।

यस अघि अन्य चार दलले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका लागि दावी पेश भएको थियो । तर बहुमत हस्ताक्षर नपुगेका कारण प्रदेश प्रमुख पौडेलले गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

कमेन्टहरु
Loading...