पोखरा, १२ माघ /राप्रपा नेपाल कास्की कि सहकोषाध्यक्ष गिता गुरुङको अगुवाईमा पोखरा वृद्धाश्रमका वृद्धवृद्धालाई भोजग्रहण गराइएको छ । गुरुङ संगै दिलकुमारी गुरुङ, शर्मिला गुरुङ र पूर्णबहादुर गुरुङको टोलीले रातोपैरास्थित वृद्धाश्रममा रहेका ६१ जना वृद्धवृद्धालाई भोजनग्रहण गराइएको हो ।
भोजनग्रहण पश्चात आयोजित कार्यक्रममा बोल्दै १ सय ४ बर्षिय नन्दकला पौडेलले वृद्धाश्रममा बेला बखतमा आयोजित यस्ता कार्यक्रमले मनमा धेरै जीवन जिउने रहर जाग्ने बताइन । राप्रपा नेपालकी नेतृ गिता गुरुङले घरपरिवारबाट अपहेलित भएर वृद्धाश्रममा आउने वृद्धवृद्धाहरुलाई जतिसक्दो सहयोग गर्नु नै ठूलो धर्म भएको बताइन् ।
धर्म तथा पुण्य कमाउन कुनै मन्दिर धाउन नपर्ने बताउँदै गुरुङले वृद्धवृद्धाहरुलाई गरिने माया, सद्भाव तथा सहयोग नै ठूलो पूण्य भएको बताइन् । पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले हरेक व्यक्ति तथा संघसंस्थाले यसरी नै सहयोग गर्दै जाने हो भने वृद्धाश्रममा आइपर्ने आर्थिक देखि अन्य समस्या सुल्झदै जाने बताए । वृद्धाश्रममा संस्थाहरुले गर्ने सहयोगप्रति उनले आभार पनि प्रकट गरे । कार्यक्रममा वृद्धाश्रमका सचिव टीका बहादुर भण्डारीले सन्चालन गरेकी थिइन् ।