संगम, सत्य, आदर्श र शीतलज्योति क्लब क्वाटरफाइनलमा प्रवेश

पोखरा, १२ माघ। संगम क्लब,सत्य क्लब, आदर्श युवा क्लब र शीतलज्योति क्लबकास्की जिल्ला फुटबल सङ्घको आयोजनामा पोखरामा सञ्चालित बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
पोखरा रड्डशालामा आइतबार भएको लिगचरणको अन्तिम खेलमा संगमले ड्यामसाइड क्लबलाई ५–० ले पराजित ग¥यो।

बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिता
बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिता

संगमको जीतमा किरण थापाले दुई तथा विमल राना, कुमार गुरुङ र राकेश गुरुङले एक–एक गोल थपे। तीन खेलमा दुई जीत, एक बराबरी खेल्दै सात अड्ढ जोडेको संगम समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश ग¥यो भने एकमा जीत तथा दुई बराबरी खेल्दै पाँच अड्ढ जोडेको सत्य क्लबले पनि सोही समूहबाट उपविजेता बन्दै नकआउट चरणमै स्थान बनायो। चार अड्ढ जोडेको ड्यामसाइड लिगचरणबाटै बाहिरियो। सो खेलमा संगमका किरण थापाले एलोकार्ड खाएका छन्।

समूह ए को आदर्श युवा क्लबले डेभिजफल क्लबलाई ६–१ को विशालअन्तरले पराजित गर्दै एक खेल अगावै नकआउट चरणमा स्थान बनायो। उसको जीतमा विनोद थापाले ह्याट्रिक गरे भने अमन गुरुङ र जंगबहादुर गुरुङले एक–एक गोल थपे। एक खेलअगावै लिचरणबाटै बाहिरिएको डेभिजफलको लागि औचित्यहीन खेलमा बेद थापाले सान्त्वना गोल फर्काएका थिए। तीन खेलमा जीत हात पारेको आदर्श नौ अड्ढसँगै समूहको शीर्ष स्थानमै छ।सो खेलमा आदर्शका अर्जुन गुरुङले एलोकार्ड खाएका छन्। अघिल्लो खेलमा एलोकार्ड खाएका उनी शीतलज्योति क्लबविरुद्धको अन्तिम खेलमा सहभागी हुन पाउने छैनन्।

अर्को खेलमाएपेक्स क्लबलाई ३–२ ले पराजित गर्दै शीतलज्योति क्लब पनि एक खेलअगावै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ। शीतलज्योतिको लागि प्रवीन गुरुङले दुई तथा विश्वास कार्कीले एक गोल गरे। एपेक्सको तर्फबाट रबिन्द्र कुँवर र पदम थापाले एक–एक गोल गोल गरेका थिए। जीतसँगै नौ अड्ढ जोडेको ऊ समूहको दोस्रो स्थानमा छ।

समान अड्ढ जोडे पनि आदर्श युवा क्लबसँग मड्डलबार हुने अन्तिम खेलले समूह विजेता र उपविजेताको टुड्डो लगाउने छ।नवआदर्श सामुदायिक विकास समाज र एपेक्सबीचको अन्तिम खेल भने प्रतिष्ठाको लागि मात्र हुनेछ। समन तीन खेलमा दुवैको समान तीन अड्ढ छ। सो खेलमा शीतलज्योतिका प्रवीन गुरुङले एलोकार्ड खाएका छन्।

कमेन्टहरु
Loading...