बधुवा नहुन र संसद अबरुद्ध नगर्न नयाँ सभासद्लाई पहाडीको आग्रह

गोकुल बानियाँ/पोखरा ११ माघ । नागरिक समाजका अगुवा कृष्ण पहाडीले नबनिर्बाचन सभासद्लाई कसैको बधुवाई नहुन आग्रह गरेका छन् । दासताबाट मुक्त भएर मानबअधिकार मैत्री संबिधान निर्माणमा लाग्न उनले आग्रह गरे ।मानबअधिकार तथा शान्ति समाजले आज पोखरामा गरेको नयाँ संबिधान ः मानबअधिकारसम्वत संबिधान बिषयक गोष्ठीमा पहाडीले अर्काको दासताबाट नउम्के सम्म नेपाली जनताले चाहेको संबिधान नबन्ने बताए । अब संसद अबरुद्ध पार्ने काम कुनैपनि हालतमा गर्न नहुने र संबिधान जारी नभएसम्म कुनैपनि पार्टी फुट्न नहुने पहाडीले बताए ।

सरकार वा संसदमा प्रतिनिधित्व गरेको पार्टी फुटेमा त्यसको अबसर संबिधान निर्माणमा पर्ने उनको ठहर छ । त्यस्तै नेकपा –माओबादी सहित असन्तुष्ट दलहरुलाई हिंसामा जानबाट रोक्नुपर्ने उनले बताएका छन् । संबिधानसभामा सहभागि दलहरुले बाहिर रहेका अन्य दलहरुलाई समेत समेट्न सक्नुपर्ने उनले जोड दिए ।

असन्तुष्ट दलहरुको मागलाई यहि संबिधानसभाले सम्बोधन गर्न सक्नुपर्ने पहाडीले बताए । असन्तुष्ट दलहरु पनि मानबताबिरोधी कार्यमा नलागी जनचाहना अनुसार चल्नुपर्ने उनको सुझाब छ । राजनितिक दलहरुले जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

द्धन्द पिडितलाई राहात नदिएसम्म शान्ति प्रक्रिया नटुङ्गिने उनले बताएका छन् । नयाँ बन्ने संबिधानमा मानबताबिरोधी प्राबधान राखेर शान्ति प्रक्रिया पुरा नहुने भएकाले नागरिक समाजले प्रस्ताबना र मौलिक हाकको बिषयमा हस्तक्षेप गर्ने उनले बताए । तोकिएको समयमा मानबअधिकार मैत्री संबिधान निर्माणको लागि नागरिक दवाब आबश्यक रहेको भन्दै उनले नागरिक सभा गठनको आबश्यकता औल्याएका छन् ।

मानबअधिकार तथा शान्ति समाज कास्कीका अध्यक्ष धिरज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्री बिनोद प्रतिक, पत्रकार महासंघका केन्द्रिय सदस्य दुर्गा भण्डारी, महिला मानबअधिकार रक्षक सञ्जालकी सरला कुमारी पाण्डे, सुनास कास्कीका अध्यक्ष पुण्ड्य पौडेल, एम्नेष्टी ईन्टरनेशनलका उपाध्यक्ष सुर्य बहादुर थापा, नेपाली कांग्रेसका देबेन्द्र शेरचन, एमाओबादीका बिश्वप्रकाश लामिछाने लगायतले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...