पोखरा ।
कास्कीमा थप ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विभिन्न चरणमा विज्ञप्ती जारी गर्दै कास्कीमा ३ सय ५६ जनामा संक्रमण भएको जानकारी दिएको हो ।
आजको यो संख्यामा अझ थपिन सक्ने निर्देशनालयले आँकलन समेत गरेको छ ।
यसरी संक्रमण दर उच्च भैरहेको अवस्थामा सबैलाई सचेत रहन आग्रह गरेको छ ।