बिपक्षीलाई कारबाहिको आस

पोखरा\जनमोर्चाको संसदीय नेता कृष्ण थापाले काँग्रेस नेतृत्वको सरकारको पक्षमा हस्ताक्षर नगर्ने बताएपछि काँग्रेससहितका बिपक्षी दललाई जनमोर्चाले ह्विप उलङ्गन गर्ने सांसदलाई कारबाहि गर्ने आस बाँकी रहेको छ । ‘जनमोर्चाले ह्विप उलङ्गन गर्ने सांसदलाई कारबाहि गर्ने बारेमा हामी ढुक्क छौँ ’ माओबादीका एक सांसदले बताए ।
जनमोर्चाको सचेतक पियारी थापाले पनि ह्विप नमान्ने सांसद पार्टीले कारबाहि गर्नसक्ने बताईन भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पनि पार्टी अनुशासन नमान्नेलाई कारबाहि गर्ने बताए । तर कारबाहि गर्न ढिला भएको खण्डमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार बन्ने निश्चित देखिन्छ ।
यता मुख्यमन्त्री गुरुङ भने आफ्नो नेतृत्वमा सरकार बन्ने कुरामा ढुक्क छन् ।

जनमोर्चाको पार्टी इतिहासमा कृष्ण थापा नै पहिलो ह्विप उलङ्गन गर्ने व्यक्ति हुन् ।

कमेन्टहरु
Loading...