बहिरा र दृष्टिबिहीनहरुले पनि गरे रक्तदानमा

पोखरा, ११ माघ/रक्तदानलाई जीवनदान । सोही रक्तदानमा पनि अपाङ्ता भएका व्यक्तिहरुले मात्र रक्तदान गरी पुण्यलाभ गरेका छन् । पोखराको लेकसाइडमा शनिबार आयोजित अपाङ्गता भएका व्यक्तिलाई दया होइन, अवसरको सिर्जना गरौं भन्ने नाराका साथ भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा ३४ जना बहिरा, १० जना दृष्टिबिहीन र एक जना शारीरिकरुपमा अपाङ्ता भएका हुन् ।

हेल्पिङ ह्याण्ड्स ह्याण्डिक्राफ्ट र भेलोसिटी कन्सल्टेन्सी प्रालिको संयुक्त आयोजनामा लेकसाइडस्थित हेल्पिङ ह्याण्ड्स ह्याण्डिक्राफ्टअघि नेपालमै सम्भवतः यति ठूलो संख्यामा अपाङ्गता भएका व्यक्तिहरुले एकैपटक रक्तदान गरेको पहिलो हो । रक्तदानमा सक्रिय सहभागिता जनाएका रक्तदाताले आफूहरु विभिन्न कारणले अपाङ्ग हुनुपरे पनि साङ्लगायतलाई जीवनदान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

बहिरा र दृष्टिबिहीनहरुले पनि गरे रक्तदानमा
बहिरा र दृष्टिबिहीनहरुले पनि गरे रक्तदानमा

हेल्पिङ ह्याण्ड्सका संस्थापक अध्यक्ष दिनेश थापा र भेलोसिटी कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक सुरेशचन्द्र पहारीले रक्त संचार केन्द्र पोखराका प्राविधिक अर्जुन ज्ञवालीलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । बेसहारा नागरिकको रुपमा जीवन बिताएका अपाङ्गता भएका व्यक्तिहरुको सीप र सिर्जना सदुपयोग गर्ने उद्देश्यले सन् २०११ मा दिनेश थापाको पहलमा हेल्पिङ्ह्याण्ड ह्याण्डिक्राफ्ट संचालनमा आएको हो ।

जसमा ३० जना अपाङ्गता भएका व्यक्तिहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । ती मध्ये पाँच जना दृष्टिबिहीन छन् । बागलुङकी २४ वर्षीया श्रद्धा केसीले आफूलाई सुरुवातमा कठिनाइ भए पनि अहिले सहजै तान चलाउन सक्ने बताउँछिन् । दृष्टिबिहीन उनी चार महिनायता हेल्पिङ ह्याण्डमै आबद्ध छिन् ।

कमेन्टहरु
Loading...