खाँस्टेतालमा रहेको तालवराही मन्दीरको पुनः मर्मत शुरु

सागर राज तिमिल्सिना
पोखरा ११, माघ/लेखनाथ नगरपालीका वडा नम्वर ४ मा रहेको खाँस्टेतालमा अबस्थीत जिर्ण अबस्थामा रहेको तालवराही मन्दीरको पुनः मर्मत शुरु भएको छ । परम्परा पुर्व कालमा स्थापना भएको तालवराही मन्दीर हाल जिर्ण अबस्थामा रहेकोले स्थानीयले आर्थिक संकलन तथा भौतिक संरचनाका सामाग्रिहरुको माग गरी मन्दीर मर्मतमा आफुहरु लागेको खास्टेताल वाराही मन्दीर निमार्ण समितिले जनाएको छ ।

अक्षय तृतीया तथा नवदुर्गामा बिशेष पुजा आज हुने गरेको सो मन्दीरलाई फेवातालको तालवराही मन्दीर कान्छी र खास्टेतालको जेठो मन्दीर भएको समितिका अध्यक्ष खेमराज बरालले जनाए । सांस्कृतिक तथा पर्यटीय दृष्टिले महत्व वोकेको उक्त ताल तथा मन्दीर संरक्षणमा सरकारी निकायबाट खासै पहल नभएको गुनासो गरे । उनले भने “हामीले पटक पटक लेखनाथ नगरपालीकामा ताल तथा मन्दीर संरक्षणको लागि आग्रह गर्दा खासै ध्यान दिएका छैनैन ।” हाल आफुहरुले विभिन्न दाताहरुको सहयोगबाट करीब ३ लाखको लागतमा मन्दीरको मर्मत गर्न लागिएको बरालले बताए ।

कास्कीको लेखनाथमा रहेको खास्टे तालमा रहेको तालबाराही मन्दिर
कास्कीको लेखनाथमा रहेको खास्टे तालमा रहेको तालबाराही मन्दिर

मन्दीर मर्मत गर्न पोखरा मनकामना दर्शक पोखरा शाखाका संचालक एवं पुर्व राखेप सदस्य राजेश गुरुङले करीब ९१ हजार रकम संकलन गरी समितिलाई हस्तान्तरण गरेका छन । गुरुङले स्वयम २५ हजार ५ सय सहयोग गरेको समितिका सचिव ईश्वरराज भण्डारीले बताए । मन्दीर मर्मतमा स्यर्गीय बैद्यमान गुभाजुका कान्छा छोरा विमलमान गुभाजुबाट २५ हजार, यति एर्यरलाईन्सका क्याप्टेन प्रफुल्ल बैद्यबाट १५ हजार, अरुणा मंगलबाट १५ हजार, भवन खाँडबाट १० हजार, कुमार बास्तोलाबाट ५ हजार, नियालो कर्नरका संचालक ज्ञानेन्द्रबाट ५ हजार, युनाईटेड गोल्ड मार्कका कर्मचारीहरुबाट १० हजार, सोपाल तथा कास्की जिल्ला व्याडमिन्टन संघ लगायतबाट समेत सहयोग रकम प्राप्त भएको समितिले जनाएको छ ।

मन्दीरमा होम हाल्ने कुण्ड सहित पुजारी बस्न मिल्ने कक्ष समेत निमार्ण गरीने भएको भण्डारीले जनाए । खास्टेतालको क्षेत्रफल ५ सय ५६ रोपनी क्षेत्रफल भए पनि तालको चेक ड्याम राम्रोसंग हुन नसकेको तथा जलकुम्भी झारले थप समस्यामा पारेको स्थानीय शिवजी तिवारीले बताए । उक्त मन्दीर निमार्णका अर्थ समिति संयोजक राजेश गुरुङले आफ्ना सुभचिन्तकहरुको सहयोगबाट उक्त रकम आफुले जुटाएको बताउदै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए । उक्त तालको प्रचार प्रसार समेत कमि भएकोले मन्दीर मर्मतसंगै ताल संरक्षणमा सवै जुट्नु पर्ने गुरुङले बताए ।

कमेन्टहरु
Loading...