सर्वदलिय बैठक अनुसार वसपार्क निर्माणको काम अगाडी वढाउने बास्तोलाको भनाइ, कम्यूनिष्टहरु पार्टीहरु विपक्षमा

गिता रानामगर
पोखरा ११ माघ/पोखरामा बेला बेलामा वसपार्क निर्माण गर्ने कुरा चलिरहन्छ । कुरा जतिनै चलेपनि अहिले सम्म पोखरामा वसपार्क बन्न सकेको छैन । नेपालकै दोश्रो राजधानी शहरको रुपमा चर्चित पोखरामा ब्यवस्थित वसपार्क निर्माण हुन नसक्दा पोखराबाट बाहिर जाने सवारी साधनहरु अझैपनि सडकबाटै छुट्ने स सडकमानै यात्रुहरुलाई ओराल्न बाध्य छन । पोखरालाई ब्यवस्थित बनाउने निकायहरुले वसपार्कको बारेमा ठोस निर्णय लिन नसक्दा पोखरामा अझैसम्म वसपार्क निर्माण हुन नसकेको हो ।

पोखराको समग्र विकास निर्माणको काम गर्ने पोखरा उपत्यका नगर बिकास समितिले वेला वेलामा पोखरामा वसपार्क निर्माण गर्ने भनेपनि विभिन्न राजनैतिक दवावमा परि वसपार्क निर्माण गर्न सकिरहेको छैन । पोखरा उपत्यका नगरविकास समितिले २०३२ सालमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको भएतापनि त्यस जग्गामा वसपार्कको काम अहिलेसम्म भएको छैन । विभिन्न राजनैतिक दलका नेताहरु पटक पटक पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष बनिसकेका भएतापनि वसपार्कको कुरामात्र उठाउने तर वसपार्क बनाउनतर्फ नलागेको पोखरेलीबासीहरुलाई अवगत नै छ ।

तेजनारायण अधिकरी, रामजी बराल, मानबहादुर जिसि, सावित्रि दुरा
तेजनारायण अधिकरी, रामजी बराल, मानबहादुर जिसि, सावित्रि दुरा

२०५६ सालमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष बनेका विष्णु बास्तोलाले त्यतिवेलै वसपार्क निर्माण गर्ने भनेर नक्सांकन गरेको भएतापनि उनले त्यस कार्यलाई पूर्णता दिन सकेनन । वसपार्क निर्माणको नाममा बास्तोलाले उल्टै ब्यापारिक भवन निर्माण गरेर आफ्नो पदबाट बिदा भए । उनले त्यतिबेला ८१ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण गरी अन्य जग्गामा ग्रीनपार्क निर्माण गर्ने योजना बनाएका थिए । त्यसपछि आएका नगरविकास समितिका अध्यक्षहरुले पनि पदवहाली गर्दाको बखतमा वसपार्क निर्माण गर्ने कुरा गरेतापनि हाल सम्म कसैले थालनी गर्न सकेनन ।

यतिबेला फेरी पोखरा उपत्यका नगरबिकास समितिका अध्यक्ष विष्णु बास्तोला अध्यक्ष बनेर आएपछि आफ्नो पहिलो काम वसपार्क निर्माण भनेर लागी परेका छन । उनले विभिन्न राजनैतिक दलहरुसंग सहकार्य गरे पोखरा वसपार्कमा रहेका सुकुम्बासीलाई हटाएर तत्काल वसपार्क निर्माण कार्य अगाडी वढाउने भन्दै केही दिन अगाडी १५ दिने सुचना प्रकाशित गरे । सुचनाको म्याद सकिइसक्दा यतिवेला पोखरा वसपार्क र अन्य क्षेत्रमा रहेका सुकुम्बासीहरु त्रसित बन्दै विभिन्न राजनैतिक दलहरुलाई वसपार्कबाट नहटाउन आग्रह गरिहेका छन ।sukambi

केही दिन अगाडी पोखरा वसपार्कमा रहेका सुुकुम्बासीहरुले संयुक्त संघर्ष समिति निर्माण गरी पोखरा उपत्यका नगर विकास समिति र जिल्ला प्रशासन कार्यालय कास्कीमा आफुहरुलाई उचित ब्यवस्थापन नगरी हटाउन नपाइने भन्दै धर्ना समेत दिए । त्यसैगरी नेपाली कांग्रेस बाहेकका नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा माओवादी र संयुक्त सुकुम्बासी संघर्ष समिति कास्कीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी पोखराको वसपार्क निर्माण गर्ने बहानामा सुकुम्बासी वस्ती उठाउन नहुने वताएका छन । नेकपा एमालेका अध्यक्ष मान वहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितीले अन्य राजनैतिक दलहरुसंग सहमति नगरी वसपार्कको सुकुम्बासी वस्तीमा डोजर लगाउने भन्दै विज्ञप्ती जारी गर्नु वसपार्क निर्माण गर्ने मनसाय नभएको वताए ।

त्यस्तै एकीकृत नेकपा माओवादी कास्कीका राज्य समिति सदस्य रामजी वरालले कास्कीका राजनैतिक दलहरु वसपार्क निर्माण गर्ने कुरामा सहमति भएको भएतापनि सुकुम्बासी समस्या समाधान सम्बन्धी विभिन्न बुँदामा सहमति नभइ वसपार्क निर्माण कार्यलाई अगाडी वढाउन नहुनेमा जोड दिए । त्यस्तै नेकपा माओवादीका इन्चार्ज सावित्री दुराले वसपार्क निर्माण आजको आवश्यक्ता भएको भएतापनि विष्णु वास्तोलाले नगरविकास समितिको अध्यक्ष भएकै भरमा सुकुम्बासीलाई त्रसित बनाउने कार्य मानवअधिकार विपरित भएको वताइन ।

संयुक्त सुकुम्वासी संघर्ष समिति कास्कीका अध्यक्ष राज वहादुर गदलले वसपार्कको नाममा अधिग्रहण गरिएको २०५ रोपनी जग्गामा पूर्ण रुपमा वसपार्क बनाउने कुरामा आफुहरु सहमति भएको तर आफुहरुलाई ब्यवस्थित नगरी पोखरा उपत्यका नगर विकासले काम अगाडी वढाउन नहुनेमा जोड दिए । यता पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विष्णु वास्तोलाले भने १५ दिने सुचना अनुसार नै काम अगाडी वढाउने वताएका छन ।

घरायसी कामले गर्दा दुइचार दिन ढिलाई हुने वताउदै तत्काल वसपार्क निर्माणको कामलाई अगाडी वढाउने वताउदै बास्तोलाले २०५६ सालमा अध्यक्ष हुदा तयार गरिएको नक्सांकन अनुसार नै कास्कीका राजनैतिक दलहरुसंग छलफल भएको र त्यही अनुसार काम अगाडी वढाउने उनको भनाइ रहेको थियो । राजनैतिक दलहरुलाई सुकुम्वासीलाई साथ दिएर बिकास निर्माणको काममा बाधा उत्पन्न हुने काम नगर्न आग्रह गर्दै उनले भने २४ गतेको सर्वदलिय तथा सर्वपक्षिय बैठकमा सम्पूर्ण राजनैतिक दलको समर्थन छ । त्यही अनुसार वसपार्क निर्माणको काम अगाडी वढ्छ ।

कमेन्टहरु
Loading...