पोखरा, पुष । सुदुर पश्चिम तथा मध्य पश्चिम विद्यार्थी समाजको भेला विध्यवासीनी सँकृत विद्या पिठ, भिमकालीपाटन पोखरामा सम्पन्न भएको छ ।समाजका अध्यक्ष तारा तिमील्सीनाको सभापतीत्वमा सम्पन्न भेलामा प्रमुख अतिथि ने.वि. संघ पुर्व उपाध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य ऋिषीकेश जंग शाहले संगठन भित्रका साना तिना मनमुटावलाई चिर्दै महाधिवेशनमा लाग्नुपर्ने बताए । साथै यस भेलाले विद्याथीहरु माझ एकता तथा विश्वासको वातावरण निर्माण हुने बताए ।
त्यस्तै कार्यक्रममा ने.वि. संघ केन्द्रीय सदस्य गोविन्द लामिछाने, ने.वि. संघ जिल्ला सभापती कल्याणवाबु भण्डारी, नेपाली काँग्रेस पोखरा नगर सदस्य महेन्द्र पुन, ने.वि. संघ पुर्व उपसभापती मदनराज पौडेल, विद्यार्थी नेता अजीत क्षेत्री, सिपी न्यौपाने, ने.वि. संघ लेखनाथ नगर सभापती विशाल वराल लगाएतले विद्यार्थाहरुको साझा संगठन ने.वि. संघ भएकोले शैक्षीक प्रगती र सकरात्मक राजनीतीको लागी संगठनमा सक्रीय भएर लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।
