सोनाम ल्होसार दोश्रो रनिङ शिल्ड तामाङ बौद्ध सेवा इकाई समिति ‘ए’ लाई

पोखरा/मन्जूश्री सम्वत् २८ ५० औं सोनाम ल्होसारको उपलक्ष्यमा आयोजित दोश्रो रनिङ शिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि तामाङ बौद्ध सेवा समिति संगम ‘ए’ ले जितेको छ । तामाङ बोध सेवा समिति (संगम) ए ले मारानार्था चर्च कस्केरीलाई १ को विरुद्ध ६ गोल प्रहार गरी दोश्रो रनिङ सिल्ड जित्न सफल भएको छ । ३० हजार नगद मेडल ट्रफी र सिल्ड जित्न सफल भएको छ । ३० हजार नगद मेडल ट्रफी र सिल्ड जितेको हो । संगम ए डिफेन्डिङ च्याम्पियन टोली हो ।यस्तै सोनाम ल्होसारकै सुअवसरमा भएको पुरुष रस्सा कस्सीमा ओखलढुङगा समूह प्रथम भएको थियो भने रस्सा कस्सी महिला प्रतिस्पर्धामा पनि ओखलढुङगा समूहले प्रथम स्थान हा“सिल गर्न सफल भएको खेल संयोजक हर्क तामाङले जानकारी दिए । फुटबल प्रतियोगितामा तामाङ बौद्ध सेवा समितिका सुभाष तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने ११ गोल गरेर सोही समूहका खेलाडी कुमार गुरुङले हाइस्कोरर पुरस्कार जितेका छन् ।

बिजेता खेलाडी र टोलीलाई नेपाल तामाङ घेदुङ संघ केन्द्रीय का.वा. अध्यक्ष कुमबहादुर तामाङ, जिल्ला अध्यक्ष दीपक तामाङ र प्रथम पुरस्कारका मुख्य प्रायोजक सिटी सप्लायर्सका प्रोप्राइटर रामबहादुर तामाङ शिवुले संयुक्त रुपमा पुरस्कार मेडल सिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल तामाङ युवा घेदुङका जिल्ला अध्यक्ष शुकबहादुर घलेको सभापतित्वमा आयोजित पुरस्कार वितरण समारोहका सञ्चालक कृष्ण तामाङले गरेका थिए ।

कमेन्टहरु
Loading...