कास्की जिल्ला भलिबल सङ्घद्वारा सल्लाहकार चयन

पोखरा, ११ माघ। कास्की जिल्ला भलिबल सङ्घको शनिबार पोखरामा सम्पन्न नियमित बैठकले ११ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा बसेको बैठकले समितिको सल्लाहकारमा मुटुरोग विशेषज्ञ डा. नारायण गौतम, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पर्यटन व्यवसायी लक्की कार्की, खेलकुद पत्रकार प्रेमनारायण न्यौपाने, बैड्ढर्स रेशमबहादुर थापा, निर्माण व्यवसायी अर्जुन थापा र फिस्टेल उमाविका प्राचार्य चिनु रानाभाटलाई चयन गरेको छ।

यस्तै पदेन सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा विशेष सल्लाहकारमा नेपाल भलिबल सङ्घ रहेका छन्।
बैठकले आगामी फागुन १ देखि ३ गतेसम्म पोखरा रड्डशालामा सञ्चालन हुने गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्न १३ वटाविभिन्न उपसमिति निर्माण गरेको छ।जसअनुसार अतिथि सत्कार उपसमिति संयोजकमा बाबुराम केसी, प्रचार–प्रसार उपसमितिको संयोजकमा कुमार गुरुङ, अर्थ सड्ढलन उपसमिति संयोजकमा सुनिता गुरुङ, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापन उपसिमिति संयोजकमा शेषकान्त शर्मा, शान्तिसुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा गोविन्दबहादुर शाही, टीम समन्वय उपसमिति संयोजकमा टंकराज पौडेल रहेका छन्।

यस्तै मञ्च व्यवस्थापन उपसमिति संयोजकमा मोहनलाल सुनारीमगर, खेलमैदान व्यवस्थापन उपसमिति संयोजकमा पूर्ण गुरुङ, खानेपानी व्यवस्थापन उपसमिति संयोजकमा दीपेन्द्र पहारी, मेडिकल व्यवस्थापन उपसमिति संयोजकमा यज्ञ गौचन, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा नुना गुरुङ, व्यानर सड्ढलन उपसमिति संयोजकमा मनशान्त घिमिरे र खाना तथा खाजा व्यवस्थापन उपसमितिको संयोजकमा मदन बस्नेत रहेको अध्यक्ष पराजुलीले जानकारी दिए। प्रतियोगिताको संयोजकमा वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचन रहेका छन्।

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ३० हजार, द्वितीय हुने टीमलाई नगद २० हजार तथा तृतीय हुने टीमलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लेयर, बेस्ट स्पाइकर र बेस्ट लिÇटरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ। बचत रकमबाट जिल्ला भलिबल सङ्घको कार्यालय स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा करिब तीन लाख खर्च हुने अनुमान गरिएको छ।

कमेन्टहरु
Loading...