कास्की जिल्लास्तरीय फुटबल प्रतियोगितामा सहारा र एलजी एशोसिएसन नकआउट चरणमा प्रवेश

पोखरा, ११ माघ। सहारा क्लब र एलजी एशोसिएसन कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा पोखरामा सञ्चालित बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन्। पोखरा रड्डशालामा शनिबार भएको लिगचरणको अन्तिम खेलमा सहाराले रामघाट क्लबलाई २–१ ले पराजित ग¥यो।

सहाराका लागि सुशन गुरुङ र एलन गुरुङले एक–एक गोल गरेका थिए भने खेलको १७ मिनेटमा विष्णु गुरुङले गरेको एकमात्र गोल रामघाटको लागि सान्त्वना बन्यो।जीतसँगै सहारा तीन खेलमा छ अड्ढ जोड्दै समूह बी को उपविजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ भने चार अड्ढ जोडेको रामघाट लिगचरणबाटै बाहिरियो। सो खेलमा रामघाटका सन्दीप भट्टराई, धन गुरुङ र कुशल रानाले एलो कार्ड खाएका छन्।

बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिता
बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगित

दोस्रो खेलमा समूह डी को पोखरा भ्याली स्पोर्टस् क्लब लेकसाइड क्लबसँग गोलरहित बराबरीमा रोकियो।बराबरीसँगै एक–एक अड्ढ बाँडेको पोखरा भ्यालीको तीन खेलमा सात अड्ढ जोड्दै समूहको शीर्ष स्थानमै रहेको छ।समान अड्ढ जोडेको लेकसाइड क्लब गोलअन्तरमा दोस्रो स्थानमा छ। तेस्रो खेलमा समूह बी कोएलजी एशोसिएसनले भदौरे क्लबलाई ६–१ को विशालअन्तरले परािजत ग¥यो। एलजीको जीतमा सुवास थापाले ह्याट्रिक गरे भने थप दुई गोल विश्व गुरुङ र नितेश श्रेष्ठले गरेका थिए।

भदौरेको तर्फबाट मानव थापाले सान्त्वना गोल फर्काएका थिए।जीतसँगै सात अड्ढ जोडेको एलजी समूह विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।सो समूहबाट भदौरे कुनै पनि अड्ढ नजोडी लिगचरणबाट बाहिरियो। सो खेलमा एलजीका विश्व गुरुङ र नितेश श्रेष्ठले एलोकार्ड खाएका छन्। सहारा विरुद्धको पहिलो खेलमा पनि नितेशले एलो कार्ड खाएका थिए।
चौथो खेलमा समूह सी को सत्य क्लबले विष्णुपादुका क्लब हेमजालाई २–० ले पराजित ग¥यो। जीतसँगै पाँच अड्ढ जोडेको सत्य समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समान चार अड्ढ जोडेका संगम दोस्रो र ड्यामसाइड तेस्रो स्थानमा छन्।

विष्णुपादुका भने कुनै पनि अड्ढ नजोडी लिगचरणबाटै बाहिरिएको छ। आइतबार तीन खेल हुनेछन्। जसअनुसार समूह समूह ए को आदर्श युवा क्लब र डेभिजफल क्लबबीच बिहान बिहान आठ बजे पहिलो,सोही समूहको एपेक्स क्लब र शीतलज्योति क्लबबीचसाढे नौ बजे दोस्रो तथासमूह सी कोड्यामसाइड क्लब र संगम क्लबबीच अपरान्ह १२ बजे तेस्रो खेल हुनेछ।

कमेन्टहरु
Loading...