जसपा फुटाउने ओलीको प्रयास असफल

  • सौगात पोखरेल

पोखरा\प्रधानमन्त्री केपि शर्मा ओलीले बिश्वासको मत लिने घोषणासँगै जनता समाजबादी पार्टीमा ठुलै बिबाद सिर्जना भएको थियो । मधेश आन्दोलनमा मुद्दा लगाएका केहि व्यक्तिको मुद्दा फिर्ता गराएर प्रधानमन्त्री केपि शर्मा ओलीले जनता समाजबादी पार्टी भित्रको बिबादमा खेल्न खोजेका थिए । त्यहि बिबादको बिचमा लुम्बिनि प्रदेशका चार सांसदलाई बाबुराम उपेन्द्र खेमाले पार्टीबाट कारबाहि गरेको थियो । महन्थ ठाकुर र राजेन्द्र महत्तोले भने उक्त कारबाहि अबैध भएको भन्दै अदालतको ढोकासम्म पुगेको थियो ।

प्रदेश सांसद कारबाहि प्रक्रियासँगै जनता समाजबादी पार्टीमा दुई खेमाका बिचमा बोलचाल नै बन्द हुने अवस्था सिर्जना भएको थियो । जसपामा देखिएको बिबादले पार्टीमा बिभाजन आउनसक्ने अनुमान गरेर प्रधानमन्त्री केपि शर्मा ओलीले बिश्वासको मत लिने घोषणा गरेको अनुमान गर्न सकिन्छ ।

जनता समाजबादी पार्टीको राजनीतिमा बिहिबारबाट फेरि फेरबदल सुरु भएको छ । महन्थ ठाकुरले प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर अभियान थालनी गरेसँगै महत्तो र ठाकुरको बिचमा मनमुटाब सुरु भएको छ । जसपाका एक नेताका अनुसार संसदीय दलको नेता को बन्ने भन्ने बिषयमा सहमति नभएपछि बिबाद सिर्जना भएको हो ।

ठाकुरले चलाएको हस्ताक्षर अभियानमा महत्तो,शरदसिँह भण्डारी लगायतका नेताहरुले हस्ताक्षर नगरेपछि महन्थ एक्लिएका छन् । बिहिबारबाट जनता समाजबादी पार्टीमा देखिएको शक्ति सन्तुलन फेरबदलले प्रधानमन्त्रीको जसपा बिभाजन गरि त्यहाभित्रको एक खेमालाई आफ्नो पक्षमा तान्ने प्रयास असफल भएको छ । महत्तो र भण्डारी महन्थसँग टाढिएसँगै महन्थसँग जम्मा चार पाँच सांसद मात्र रहने स्रोतको दावी छ ।

कमेन्टहरु
Loading...