पोखरा, ११ माघ। फुलवारी क्लव पोखराले सहिद सप्ताहको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । क्लवको वार्षिक कार्यक्रम अन्तर्गत गरिएको उक्त रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्रो.डा.ओपी तलवारले पहिलो रक्तदाता जनार्जन बाँस्तोलालाई व्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रा.डा.तलवारले क्लवले समाजमा राम्रा कामहरु गर्दै आएको बताउदै यस्ता खालका कार्यक्रमको निरन्तरताको कामना गरे ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष विश्वराज बाँस्तोला, सल्लाहकार माधवप्रसाद बाँस्तोला मधु, शिक्षा महाविद्यालय एवम् शिवशक्ति उच्च मावि युवा रेडक्रस सर्कलका अध्यक्ष दुर्गादत्त पौडेल, पार्क संरक्षण समितिका संयोजक दामोदर बाँस्तोलालगाएतले बोलेका थिए ।फुलवारी क्लवका अध्यक्ष मुकुन्द बाँस्तोला ज्वालाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक कृष्ण आचार्यले स्वागत र सचिव दामोदर आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।