पोखरा, ११ माघ। कास्कीको ल्वाङघलेल गाविस स्थित सिधिड्डमा रहेको सरस्वती निम्न माध्यामिक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको छ । व्रिटीस गोर्खा राईफल वनआरजीआर युकेका रक्षाबहादुर गुरुङ(योञ्जन), पार्वती योञ्जन र हर्कबहादुर योञ्जनले विद्यालयलाई कम्प्युटर, फोटोकपि मिसिन तथा स्टेशनरी सामग्रही सहयोग गरेका हुन् ।
सोहि विद्यालयमा समेत अध्ययन गरेका व्रिटीस गोर्खा राईफल वनआरजीआर युकेका रक्षाबहादुर गुरुङ(योञ्जन)ले एक थान कम्प्युटर, एक थान थ्रीईनवान फोटोकपी मेसिन तथा विद्यार्थीहरुलाई २७ दर्जन कपि, २७ दर्जन कलम स्कूल ड्रेस, दुई थान भलिबल दुई थान जाली, २० ओटा स्किपिङ १० ओटा रवडको रिङ सहयोग गरेका छन् भने आगामी शैक्षिक सत्रमा समेत पुग्ने गरि विद्यालयलाई २४ दर्जन कपी, २३ दर्जन कलम, २३ दर्जन सिसाकलम सहयोग गरेका छन् ।
त्यसैगरि पर्वती योञ्जन र हर्कबहादुर योञ्जनले पनि विद्यालयका लागि एक÷एक थान कम्प्युटर सहयोग गरेका छन् । उनिहरुले ती सामाग्री सरस्वती निम्न माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्कबहादुर गुरुङलाई एक कार्यक्रमका वीच प्रदान गरेका थिए । व्रिटीस गोर्खा राईफल वनआरजीआर युकेका रक्षाबहादुर गुरुङ(योञ्जन) आगमि शैक्षिक सत्रबाट विद्यालायलाई निरन्तर रुपमा सहयोग गर्दै जाने समेत बताए ।
उनले आगामि शैक्षिक सत्र देखि इसिडी देखि ३ कक्षा सम्म प्रथम हुने विद्यार्थीलाई क्रमस पाँच सय देखि आठ सय, ४ कक्षा देखि ८ कक्षा सम्म प्रथम हुने विद्यार्थीहरुलाई क्रमश एक हजार देखि एक हजार चार सय सम्म पुरस्कार दिने घोषण समेत गरेका छन् । उनले सहयोगलाई निरन्तरदा दिने वचन दिदै आगमि दिनमा विद्यालयलाई थोरै भएपनि जग्गा किन विद्यालयलाई नै प्रदान गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।विद्यालयमा पठन पाठन गर्ने भाई वहिनीहरुले कम्प्युटरको ज्ञान लिन पाउन् भनि यो सहयोग गरेको हुँ उनले भने–मेरो सानो सहयोगले पनि विद्यार्थीहरुले केहि सिक्न पाउने छन् भने म यो सहयोगलाई निरन्तरता दिनेछु ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले कास्कीका सचिवालय सदस्य जगन्नाथ बाँस्तोलाले यस्तो खालको सहयोगले गरिव तथा जेहेन्दार विद्यार्थीहरु प्रविधि सघ घुलमेल हुने अवसर सिर्जना भएको बताए । विद्यालय व्यवस्थपन समितिका अध्यक्ष तर्कबहादुर गुरुङले विद्यालयमा यस्तो खालको सहयोग पहिलो पटक आएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा व्रिटीस गोर्खा राईफल वनआरजीआर युकेका रक्षाबहादुर गुरुङ(योञ्जन) ले स्थानिय एकल महिला माकुरी पौडेललाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा व्रिटीस गोर्खा राईफल वनआरजीआर युकेका रक्षाबहादुर गुरुङ(योञ्जन) की धर्मपत्नी सुमित्रा योञ्जन, नेकपा एमाले ल्वाङघलेल गाविस वडा नं.९ का निवर्तमान वडाध्यक्ष रुद्रप्रसाद सुवेदी, अखिल नेपाल महिला संघ गाँउ कमिटि अध्यक्ष मधुमाला डुमजन, मधु डुमजन, चन्द्रकुमारी स्याङभो, हर्कबहादुर याञ्जन, पार्वती योञ्जन, देउताकुमरी योञ्जन, रुद्रप्रसाद तिवारी, लिलाधर तिम्सिना, देवबहादुर क्षेत्रीले बोलेका थिए । सरस्वती निम्न माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक दुर्गाबहादुर क्षेत्रीले गरेका थिए ।