लेखनाथ महोत्सवमा प्रायोजक गर्ने सम्मानीत

लेखनाथ, ११ माघ/महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन, विकास र संवृद्धि भन्ने मुल नाराका साथ पौष २७ गते देखि माघ ८ गते सम्म सन्चालन भएको महोत्सवका प्रायोजकहरुको सम्मान गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं लेखनाथ महोत्सव २०७० का मुलसंयोजक बावुराम गिरीको अध्यक्षतामा प्रायोजक सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

लेखनाथ महोत्सव २०७० सम्पुर्र्ण संघ संस्था, उद्योग, व्यवसायीक प्रतिष्ठान, बैंक तथा वित्तिय संस्था लगायतकाको सकृय सहयोग र सहभागिताले सफल भएको कुरा स्मरण गर्नुहुदै आर्थिक सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुहुदैं आगामी दिनमा पनि यस प्रकारको सहयोग र समर्थनको अपेक्षा राख्नुभएको थियो साथै आर्थिक सहयोग गर्नुहुने प्रायोजकहरुको प्रवद्र्धन गर्नका लागि लेखनाथ उद्योग वाणिज्य संघ सधै तत्पर रहेको कुरा वताउनुभएको थियो ।lcci

कार्यक्रममा लेखनाथ हाडवयर एशोशियशनका अध्यक्ष राजेन्द्र ओझा, सिटी डेभलपमेन्ट बैंकका प्रमुख विश्वमोहन अधिकारी, विरगंज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं उद्योगी निरज अग्रवाल, महोत्सवका मुख्य प्रायोजक एवं कैलाश विकास वैंकका शाखा प्रमुख दिनेश अधिकारीले महोत्सवबाट सवैले आ आफ्नो व्यवसाय र वस्तूको प्रवद्धन हुनेहुदां यो राम्रो माध्यम भएको र आगामी दिनमा पनि आफ्नो सहयोग र सद्भाव लेखनाथ महोत्सवमा रहने बताउनु भएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेखनाथ उद्योग वाणिज्य संघले आर्थिक सहयोग गर्ने प्रयोजक सम्मान कार्यक्रमको आयोजना गरेर राम्रो कामको शुरुवात गरेको र प्रायाजकहरुलाई सहयोग गरेर महोत्सव सफल बनाउन सहयोग गरेकोमा हार्दिक धन्यवाद दिनुभएको थियो । संघका महासचिव बलराम ढकालले संचालन गर्नुभएको उक्त कार्यक्रममा संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघले सुक्रवार राखेको स्वागत तथा कर सम्वन्धि प्रशिक्षण कार्यक्रममा वोल्दै अधिकृत उपाध्ययाले नेपाल सरकारले कर दाता र कर कार्यालय विचको दुरी कम गर्दै आईरहेको र भविष्यमा अझ वढि नजिक रहने कार्यक्रम ल्याएको बताउदै व्यवसायीहरुले करसँग डर होइन भर गर्नका लागि सवैमा अनुरोध गरेका हुन्।

कर अधिकृत उपाध्यायले कर दाता र कर कार्यालय विच नङ मासुको सम्वन्ध रहनुपर्ने बताउदैं हाल नेपाल सरकारले बजेट मार्फत पुराना कर नतिरेका कर दाताहरुको हितलाई मध्यनजर राखि ल्याएको अध्यायदेश सम्वन्धि जानकारी गराउदै सम्पुर्ण कर दाताहरुलाई यसको फाईदा लिनका लागि समेत आग्रह गरेका थिए।

कमेन्टहरु
Loading...