कास्की लिगको जारी

पौष ,पोखरा /कास्की जिल्ला फुटवल संघको आयोजनामा पोखरा रंगशालामा जारि स्वर्गिय बलराम केसी स्मृती रेडबुल कास्की लिग फुटवल प्रतियोगितामा डिफेण्डीङ्ग च्याम्पियन संगम क्लवले आफ्नों अपराजित यात्रा कायमै राखेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा आदर्श क्लव,भण्डारढिकलाई १–० गोलले पराजित गरेपछि संगम ९ अंकका साथ समुह ‘ए’ मा शिर्षस्थान हाँसिल गर्दै क्वाटरफाइनल पक्का समेत गर्यो ।

१२ औ मिनेटमा राकेश गुरुङ्गले गरेको गोलनै निर्णायक गोल बन्दा संगमले पुरै ३ अंक आफ्नों खातामा जोड्न सफल भएको हो । शुक्रबारकै अर्को खेलमा समुह घ को अम्मरसिंह ब्वाइज क्लवले इन्द्रेण्ीि क्लवलाई ३–० गोलले पराजित गर्दे महत्वपूर्ण ३ अंक बटुल्यो । जितसंगै एविसीले अंक
तालिकामा ४ अंक बनाएको छ । एविसीको जितमा रवि शेरचन, लेप्साङ्ग गुरुङ्ग र शैलेश थापाले एक एक गोल गरे ।

लिगमा इन्दे्रणीको यो लगातार दोश्रो पराजय हो । प्रतियोगिता अन्तर्गतका अन्य खेलहरुमा समुह ग को गार्डेनलाई पोखरा फुटवल क्लवले एक एक गोलको बराबरिमा रोक्यो भने समुह बि मा भ्यालि स्पोर्टस क्लव र रामघाट क्लवले पनि दुई दुईको बराबरि खेल्दै समान एक एक अंक बाँडे । दुई खेल जितेको गार्डेनको यो बराबरि संगै तीन खेलबाट ७ अंक भएको छ भने यसअघि एक खेल जितेको पोखरा फुटवल क्लवको ४ अंक भएको छ ।

खेलमा खेमकुमार गुरुङ्गले १५ औ मिनेटमा गोल गर्दै गार्डेनलाई अग्रता दिलाएका थिए । तर ७० औ मिनेटमा पिएफसीका धनबहादुर गुरुङ्गले गोल गर्दे खेललाई बराबरीमा ल्याएपछि दुई टिम अंक बाँड्न बाध्य भएका हुन् । यसअघिको खेलमा भ्यालि स्पोर्टस्को तर्र्फबाट राजकुमार गुरुङ्गले दुई गोल गरेका थिए भने रामघाटको तर्फबाट करण र विष्णु गुरुङ्गले एक एक गोल गरेका थिए ।

कमेन्टहरु
Loading...