मेला विग एफएमको स्टल

पोखरा, १० माघ/नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा संचालित औद्योगिक व्यापार मेलामा रहेको विग एफएमको स्टलमा अवलोकनकर्ताहरुले अत्याधिक चासो देखाएका छन् । उद्योग वाणिज्य संघ पोखराको आयोजनामा विहिबारदेखि शुरु भएको मेलाको २ सय ४४ नम्बर स्टलबाट विग एफएमले स्रोताहरुलाई सर्वेक्षण फाराम भर्ने व्यवस्था समेत मिलाएको छ ।

एफएमले दिएको जानकारी अनुसार दोस्रो दिनसम्ममा २५ सय भन्दा बढि अवलोकनकर्ताहरुले सर्वेक्षण फाराम भरेका छन् । ‘स्रोताहरुले फाराम भर्दै एफएमलाई अझै राम्रो बनाउन के गर्न सकिन्छ ? भन्ने विषयमा सुझावहरु समेत दिएका छन् ।’ एफएमका कार्यक्रम संयोजक सञ्जोग बस्यालले भने–‘यसले हामीलाई हामै्र बारेका जानकारी पाउन र स्रोतासंग नजिकिन सजिलो पारेको छ ।’

विग एफ एम पोखरा
विग एफ एम पोखरा

अघिल्लो वर्ष पनि औद्योगिक व्यापार मेलामा एफएमले स्टल राखेर अवलोकनकर्ताहरुसंग साक्षात्कार गरेको थियो । एफएमले व्यापार मेलामा राखिएको स्टलबाटै लाईभ कार्यक्रम समेत संचालन गरिरहेको छ । उसले अवलोकनकर्ताहरुसंग मेलास्थलबाट कुराकानी गर्दै आएको छ ।

कमेन्टहरु
Loading...