माधब पनेरु
पोखरा, १० माघ /सरकारले घरेलु मदिरा उत्पादन बन्द गदै आएको छ । बिभिन्न स्थानमा बनाईएका र बनाउन लागिएको अबस्थामा पनि प्रहरीले छापा मार्ने गरेको छ । तर पोखराको कृषि बागबानिमा भने सरकार आवासमा नै अबैध घरेलु मदिरा उत्पादन तथ बिक्री बितरण हुदै आएको छ । कृषि अनुसन्धान केन्द्र बागबानिमा प्राबिधिक सहायक पाँचौ तहमा काम गदै आएका मेघ बहादुर गुरुङ्ग कार्यलयमा काम मात्र गदैनन । उनले अबैध मदिरा उत्पादन पनि गरेर दाहोरो कमाई गदै आएका छन । गुरुङ्गका दुई जना बुहारी पुर्णा र भेनिसाले गुरुङ्गलाई घरेलु मदिरा उत्पादनमा सघाउदै आएका छन ।

बिगत पाँच बर्ष देखि उक्त कर्मचारी आवासमा बस्दै आएका गुरुङ्गले मदीरा उत्पादन गरेर कार्यलयको हामिमलाई समेत सेवा दिने गरेको एक कर्मचारीले बताए । आफ्नो कार्यलयमा अबैध मदिरा उत्पादन भएको बर्षो भएपनि कार्यलय प्रमुख राम बहादुर के.शी.ले भने थाहै छैन । उनि आफुलाई उक्त कुरा जानकारी नभएको बताउछन । गैरकानुनी रुपमा सरकारी आवासमा उत्पादन हुदै आएको घरेलु मदिराको ब्यापार गदै आएका मेघ बहादुर लाई आबस्यक कार्वाही गरीेने के.शी ले बताए । आईन्दा उक्त नगर्न र गरेमा क्वाटर छोड्नु पर्ने के.शीले निैर्देशन दिएका छन ।
हुनत मदिरा उत्पादनले स्वयं मेघ बहादुरलाई नै आपत्ती परेको छ । बिषेश गरि सरकारी कर्मचारीले मात्र चल्दै आएको उनको मदिरा ब्यापारले उनकी छोरीमाथि नै यौन हिंसा भएको छ ।रक्सी खान आवासमा आएका कृषि तालिम केन्द्रका एक जना सुब्वाले छोरी माथि हातपात गरेको गुरुङ्ग बताउछन ।मदिरा खाएपछि होस गुमाउदा उनि गुरुङ्गको छोरी माथि नजर परेको दखिन्छ । छोरी प्रति बिगत देखि नै आक्रशित भएका ति सुब्बाले छोरीमाथि आक्रमण गरेको उनलेृ बताए । उनि अहिले जिल्ला प्रहरी कार्यलयमा अनुसन्धानको क्रममा हिरासतमा छन ।
घरेलु मदिरा बनाउदै गर्दाको अबस्थामा भेटिएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोईरालालाई पनि खवर गरिएपनि उक्त स्थानमा प्रहरी पुगेन । एउटा सरकारी कार्यलय परिसरमा खुलेआम अबैध मदिरा उत्पादन भैरहेको थाहा पाउदा पनि कोईराला किन मौन बसे थाहा भएन । तर यसरी आफ्नै मातहतका सरकारी कार्यलयमा भएको अबैद्य धन्दा रोक्ने जिम्मा कोईराला र कार्यालय प्रमुख के.शी.को भएपनि हाल सम्म कुनै पहल नगर्नुले शंका जन्माएको छ ।