ट्रकको ठक्करबाट कास्कीमा एक वृद्धको मृत्यु

पोखरा, १० माघ /ट्रकको ठक्करबाट लेखनाथमा एकजनाको ज्यान गएको छ । भरतपोखरी २ का ७० वर्षिय सुरबिर नेपालीको मृत्यु भएको हो । ना ४ ख २१७ नम्बरको ट्रकले नेपालीलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाईते भएका नेपालीको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात प्रहरीले ट्रक चालक तिलकबहादुर तामाङ र गाडीलाई नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई सिशुवास्थित प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...