कांग्रेसले विश्वास मत नदिने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीले बैठकले ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरिसकेको अवस्थामा त्यसलाई फेल गराउने निर्णय गरेको हो ।

कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतका अनुसार प्रधानमन्त्रीले विश्वासको मत नपाइसकेको अवस्थामा वैकल्पिक सरकार गठनका लागि समेत पहल गर्ने निर्णय समेत गरिएको छ ।

कमेन्टहरु
Loading...