ब्यापार मेलामा पौने दुई करोडको कारोवार

पोखरा, १० माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७० को दोश्रो दिन शुक्रबार ६ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । मेलामा १ करोड ८५ लाखको आर्थिक कारोवार समेत भएको आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाले जानकारी दिए । मेलामा राखिएका अटोका स्टलबाट गाडीहरु बिक्री भएपछि कारोवार बढेको हो । मेलामा शनिबारबाट दर्शकको चाप बढ्ने उनले अनुमान लगाए ।

यता मेला अन्तर्गत भएको विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा सरस्वती उच्च मावि र कंचनजंघा बोर्डिङ स्कूल फाइनलमा अघिल्लो चरणमा प्रवेश गरेका छन् । शनिबार फेवा पब्लिक स्कूल, नोभेल एकेडेमी, सूर्योदय बोर्डिङ स्कूल र गुरुकूल विद्याश्रमबीच प्रतिष्पर्धा हुने साँस्कृतिक उपसमिति संयोजक दामु अधिकारीले जानकारी दिए । शनिबार धादिङ र लमजुङ उद्योग बाणिज्य संघबीच लोक दोहोरी गीत प्रतियोगिता हुनेछ ।

राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर
राष्ट्रिय औद्योगिक ब्यापार मेला– पोखरामा राखिएको गाउँले घर

यसैगरी शबिार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, कृष्ण देवकोटा, बद्रि पराजुली,निशा पोखरेल रामजी पौडेल, सीता केसी, टेक क्षेत्री लगायतका कलाकारहरुले पनि मेलामा सहभागीहरुलाई मनोरञ्जन दिलाउने छन् । युवराज भण्डारी र राजेन्द्र नेपालीको हाँस्य जोडी पनि शनिबारको आकर्षण हुने छन् । शनिबार पप गायक धिरज राई, कौसल्या गुरुङसहित मोर्डन डान्स पनि समावेश गरिएको छ । लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित आयोजित मेलामा खाद्य, दैनिक उपभोग्य बस्तु, लत्ताकपडा,अटो, पुष्प, लगातका २ सय ७० वटा स्टल रहेका छन् । मेला माघ २० गतेसम्म चल्नेछ ।

कमेन्टहरु
Loading...