गण्डकी मेडिकल कलेजमा एक दिने नाक कान घाटी सम्बन्धी प्रशिक्षण

पोखरा, १० माघ/गण्डकी मेडिकल कलेज नाक कान घाटी विभागको आयोजना एक दिने नाक, कान, घाटी सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । विभिन्न अस्पतालहरुमा कार्यरत डाक्टर, नर्सहरुलाई नाक कान घाटी सन्बन्धी प्रशिाक्षा दिएको हो । प्रशिक्षणमा फिस्टेल, कास्की सेवा, गण्डकी मेडिकल कलेज, फेवासिटि, मेट्रो सिटि लगाएतका अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुको सहभागीता रहेको थियो ।

उनिहरुलाई बरिष्ठ नाक, कान, घाटि विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डाक्टर देवेस सिह, मनिपालका डा कृष्ण कोइराला, पश्चिमाञ्चलका निमर्ल थापा र गण्डकी मेडिक केलजका राजेन्द्र नेपालीले प्रशिक्षण दिएको थिए ।

नाक, कान घाटीको उपचारका बारेमा स्वास्थ्य क्षेत्रमा नै काम गर्नेहरुलाई थाहा नभएको भन्दै जानकारी दिने उद्देश्यले प्रशिक्षण सन्चलान गरेको गण्डकी मेडिकल कलेजका नाक, कान घाटीका एसोशियट प्रोफेसनर बृस्पती सिग्देलले जानकारी दिए । उनिहरुलाई इएनटीको अप्रेसन पछि के के गर्ने, नाक कान घाटीको सम्बन्ध, उपचार गर्दा ख्याल गर्नु पर्ने कुरा लगाएतको प्रशिक्षण दिएको सिग्देलले जानकारी दिए ।

कमेन्टहरु
Loading...