पोखरा, १० माघ। कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा पोखरामा सञ्चालित बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा एबीसी, लेकसाइड, एपेक्स र शीतलज्योति क्लब विजयी भएका छन्।

पोखरा र·शालामा भएको पहिलो खेलमा समूह डी को एबीसीले इन्द्रेणी क्लब टुँडिखेललाई २–१ ले पराजित ग¥यो। एबीसीको जीतमा राजकुमार गुरुङ र रिदेश गुरुङले एक–एक गोल गरे भने इन्द्रेणीको तर्फबाट मात्र एक गोल मिलन गुरुङले गरेका थिए। जीतसँगै तीन अड्ढ जोडेको एबीसी समूहको तेस्रो स्थानमा उक्लिएको छ भने दुवै खेलमा अड्ढ गुमाएको इन्द्रेणी चौथो स्थानमा छ।
सो खेलमा इन्द्रेणीका सुमन गुरुङ र राकेश गुरुङले एलोकार्ड खाएका छन्। अघिल्लो खेलमा एलोकार्ड खाएका इन्द्रेणीका सुमनले लेकसाइड क्लबविरुद्धको खेल गुमाउनेछन्। दोस्रो खेलमा सोही समूहको लेकसाइड क्लबले नयाँगाउँ युथ क्लबलाई ४–१ ले पराजित गरेको छ। लेकसाइडको लागि सञ्जय लामा, सञ्जय बुढाथोकी, अनिल विक र सचिन गुरुङले एक–एक गोल गरे भने नयाँगाउँको लागि वसन्त गुरुङले गरेको एक गोल सान्त्वना बन्यो।
नयाँगाउँले अघिल्लो खेलमा पनि पोखरा भ्याली स्पोर्टस् क्लबसँग ४–१ ले पराजित भएको थियो। योसहित दुवै खेलमा हार बेहोरेको नयाँगाउँ समूहको पुछारमा छ। लेकसाइड छ भने जीतसँगै अड्ढ जोड्दै समूहको दोस्रो स्थानमा उक्लिएको छ भने समान अड्ढ जोडेको पोखरा भ्याली गोल आधारमा शीर्ष स्थानमै छ। सो खेलमा नयाँगाउँका सुक गुरुङ र भूमि गुरुङले एलोकार्ड खाएका छन्। अघिल्लो खेलमा एलोकार्ड खाएका भूमिले पनि एबीसीविरुद्धको खेल गुमाउनेछन्।
तेस्रो खेलमा समूह ए को एपेक्स क्लबले डेभिजफल युथ क्लबलाई २–० ले पराजित ग¥यो। अघिल्लो खेलमा आदर्श युवा क्लबसँग ६–० को हार बेहोरेको एपेक्सको जीतमा शुक्रबार रबिन्द्र कुँवर र सुरेन्द्र तुलाचनले एक–एक गोल गरेका थिए। जीतसँगै तीन अड्ढ जोडेको एपेक्स तेस्रो स्थानमा उक्लिएको छ। लगातार तेस्रो हारसँगै डेभिजफल एक खेलअगावै लिगचरणबाट बाहिरिने पहिलो टीम बन्न पुगेको छ।उसका रुपेनले एलोकार्ड खाएका छन्।
चौथो खेलमा समूह सोही समूहको शीतलज्योति क्लबले नवआदर्श सामुदायिक विकास समाज लामाचौरलाई ४–३ ले पराजित ग¥यो। शीतलज्योतिको तर्फबाट प्रवीन गुरुङले ह्याट्रिक गरे भने अर्को एक गोल नवीन सेनले थपे। नवआदर्शको लागि सफल अधिकारी, मदन तामाङ र असीम थापाले एक–एक गोल गरेका थिए। लगातार दुई खेलमा जीत हात पारेको शीतलज्योति छ अड्ढसहित समूहको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेलमा एकमा जीत हात पारेको नवआदर्श चौथो स्थानमा झरेको छ। सो खेलमा नवआदर्शको तर्फबाट मनोज गुरुङले एलोकार्ड खाएका छन्।
शनिबार समूह समूह बी को सहारा क्लब र रामघाट क्लबबीच बिहान बिहान आठ बजे पहिलो, समूह डी को पोखरा भ्याली स्पोर्टस् क्लब र लेकसाइड क्लबबीच साढे नौ बजे दोस्रो, समूह सी को सत्य क्लब र विष्णुपादुका क्लबबीच अपरान्ह १२ बजे तेस्रो तथा सोही समूह बी को एलजी एशोसिएसन र भदौरे क्लबबीच दिउँसो साढे एक बजे चौथो खेल हुनेछ।